१ जेष्ठ २०८१, मंगलवार

नरहरिनाथको वडा नं. ४ लाई बालविबाहमुक्त वडा घोषणा गर्ने तयारी


कालीकोट । कालीकोटको नरहिनाथ गाउँपालिकामा प्लान ईन्टरनेस्नल नेपालको आर्थिक सहयोग सादा नेपालको साझेदारीमा सञ्चालित बालविबाह छिटो विबाह जबर्जस्ती विबाह रोकथाम तथा न्यूनीकरण कार्यक्रमअन्तरगत विभिन्न जनचेता मुलक काम गर्दै आईरहेको छ । सादा नेपालको सहजिकरण र नरहरिनाथ गाउँपालिका वडा नं. ४ को आयोजनामा बालविबाहमुक्त वडा घोषणा गर्ने तयारी भईरहेको छ ।

नरहरिनाथ गाउँपालिका वडा न ४ ले २०८१ बैशाख १४ गते एउटा सुचना जारी गर्दै कम उमेरमा विबाह हुँदा प्रजनन् स्वास्थ्यमा समस्या देखिने र आमा बच्चाकै ज्यान जोखिममा पर्ने हुदा यस्तो निर्णय गरुको नरहरिनाथ गाउँपालिका वडा न ४ का वडा अध्यक्ष न्नदराम सहकारीले बताए ।

बैशाख १६ गतेदेखि यस वडाका किशोर किशोरीले विबाह गर्दा वडाको सिफा अनिवार्य गरियको हो । कानुनी रुपमा विबाह गर्ने २० बर्ष उमेर पुगेको हुनुपर्छ ।