६ कार्तिक २०८१, मंगलवार

इलाममा एमालेले अग्रता बढाउदै, कांग्रेस २ हजार ६ सय १९ ले पछाडि


 

काठमाडौं । इलामको क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको जारी मतगणनामा एमालेले अग्रता कायमै राखेको छ ।

पछिल्लो मतगणना अनुसार एमालेका उमेदवार सुहाङ नेम्वाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ६ हजार २८० मत पाएका छन् । स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ६३४ मत प्राप्त गरेका छन् । रास्वपाका मिलन लिम्बूले १ हजार ३०५ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।