६ कार्तिक २०८१, मंगलवार

कर्णाली सरकारले पूर्णता पाउँदै, ६ जना मन्त्री नियुक्त हुँदै


सुर्खेत । कर्णाली प्रदेश सरकारले आज(मंगलबार) पूर्णता पाउने भएको छ । २७ चैतमा मुख्यमन्त्री नियूक्त भएका एमाले संसदीय दलका नेता नेता यामलाल कँडेलले २१ औं दिनमा मन्त्रीमण्डललाई पूर्णता दिन लागेका हुन् ।
प्रदेश प्रमुख कार्यालयका अनुसार आज दिउँसो साढे २ बजे ६ मन्त्रीहरुले सपथ लिने कार्यक्रम रहेको जनाएको छ । माओवादीबाट दुर्गबहादुर रावत, वीरबहादुर शाही र महेन्द्र केसी मन्त्रीमा नियुक्त हुने लागेको छन् भने एमालेबाट मन्त्री हुनेको नाम सार्वजनिक गरिएको छैन् ।
यसभन्दा अघि माओवादीबाट बिना विभागीय मन्त्रीका रुपमा रनसिंह परियारले लिएका छन् ।