३ कार्तिक २०८१, शनिबार

सन् १८८९ मा आजकै दिन श्रमिक दिवस सुरु


काठमाडौं । — सन् १८८९ मा आजकै दिन (मे १) बाट अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन सुरु गरिएको हो । इन्टरनेसनल फेडरेसन अफ सोसलिस्ट ग्रुप र ट्रेड युनियनहरूले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउने निर्णय गरेका थिए ।

अमेरिकाको सिकागो सहरस्थित हेमार्केटमा १८८६ मा भएको आन्दोलनमा पीडित मजदुरहरूको सम्झनास्वरूप श्रमिक दिवस मनाउने निर्णय गरिएको थियो ।

सिकागो सहरका श्रमिकहरू हरेक दिन आठरआठ घण्टा काम, आराम र मनोरञ्जनको व्यवस्था हुनुपर्ने माग गर्दै आन्दोलित भएका थिए । आन्दोलनसँगै श्रमिकहरूको वर्गीय हित, रोजगारीको सुरक्षा तथा सेवा र सुविधा राज्यपक्षबाट सम्बोधन हुनुपर्ने मागसमेत उठेको थियो ।

आन्दोलनमा प्रहरी दमन गरिएपछि केही मजदुरले ज्यान गुमाएका थिए । तर अन्त्यमा श्रमिकहरूकै जित भएको थियो । त्यसैको सम्झनास्वरूप १८८९ मा फ्रान्सको राजधानी पेरिसमा भेला भएका श्रम संगठन र नेताहरूको बैठकले विश्वव्यापी रूपमा श्रमिक दिवस मनाउने निर्णय गरेको हो ।