६ कार्तिक २०८१, मंगलवार

छाेरीकाे खाेजि गरिदिन आमाकाे आग्रह


कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिका ५ निवासी रचना कुमारी सहकारी (बुढा)ले हराएको छोरी खोजि गर्दिन आग्रह गरेकी छन् । गत माघ १३ गते सुर्खेतदेखि सम्पर्क विहीन भएकी १७ वर्षिया छोरी अस्मिता बुढालाई खोजि गर्दिन आग्रह गरेकी हुन् । कक्षा १२ मा अध्ययनरत छोरी अस्मिता अध्ययनको सिलसिलामा मंसिरमा सुर्खेत गएकी थिईन् ।
इलाका प्रहरी कार्यालय कुमालगाउँ, जिल्ला प्रहरी कार्यालय कालीकोट माइती नेपाल लगायतमा आफुले छोरी खोजिका लागि निवेदन दिएको तर ३ महिनाभन्दा बढी वितिसक्दा पनि छोरी कताछन् भन्ने सम्म पनि जानकारी नपाएको रचनाले गुनासो गरिन् ।
उनले भनिन्, हामीले विभिन्न ठाउँमा निवेदन दिर्यौ छोरीको न त सास न त लास पाईयो । रास्कोटको केटासंग गएकी भन्ने छ तर उसको परिवारले आफुहरुलाई जानकारी नभएको बताउछन् । ३ महिना वितिसक्यो छोरीको अत्तोपत्तो छैन् । बुढाले गुनासो गरिन् ।
माघमा एक पटक फोनमा कुरा भएको थियो, म काठमाण्डौंमा छु, कम्प्यूटर अध्ययन गरिरहेकी छु भनेकी थिई त्यस पछि छोरी सम्पर्कमा आइन बुढाले भनिन् ।