६ कार्तिक २०८१, मंगलवार

सरकारले घरेलु मदिरा उत्पादन र ब्रान्डिङ गर्न दिने


काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष (आव) २०८१/८२ मा घरेलु मदिराको उत्पादन र ब्रान्डिङ गराउने भएको छ ।

सरकारको आगामी आवको नीति तथा कार्यक्रम मंगलबार संसद्को संयुक्त बैठकमा पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताए ।

‘‘घरेलु मदिराको गुणस्तर सुनिश्चित गरी उत्पादन ब्रान्डिङ तथा निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गरिने छ ’’ उनले भने ।

यसअघि संघीय सरकारले घरेलु मदिरालाई प्रतिबन्ध लगाउँदा कतिपय स्थानीय तहले ल्याएका घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने नीति अघि बढ्न सकेको छैन ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि नेवार समुदायमा प्रचलनमा रहेको घरेलु मदिरालाई ब्रान्डिङ गरेर व्यापार प्रवर्द्धन गर्ने बताएका थिए ।