१३ माघ २०८१, आईतवार

बाल्यकालदेखि भलिबल खेल्दै आएका विष्ट कबड्डी खेलमा जोडिए



सुर्खेत । कालिकोट जिल्ला पलाता गाउँपालिका–७ पारौटी जन्मिएका २७ वर्षीया जगदिश विष्ट बाल्यकालदेखि नै भलिबल खेल्दै आएका थिए । उनी भलिबल खेललाई असाध्यै माया गर्थे । सानै उमेरमा भलिबललाई माया गर्ने विष्ट भलिबलमा खासै भविष्य नदेखेपछि अहिले उनी कबड्डी खेलमा लागेका छन् ।

उनले नवौं राष्ट्रिय खेलकुदबाट कबड्डी खेल रोजेका हुन् । नवौं राष्ट्रिय खेल खेले लगत्तै उनले कालिकोटमा पहिलो कबड्डी प्रतियोगिता पालिका स्तरीय आयोजना गरे । यो खेल आयोजना गर्नमा जिल्लाका जिवा मल्ल, हस्तप्रसाद चौलागाई दिनेश शाहीलगाएतकाले साथ दिएका थिए । पालिका स्तरीय आयोजना गरेपछि उनले जिल्लामा कबड्डी संघको गठन गर्ने तयारीमा छन् ।

भलिवलका खेलाडी विष्ट अहिले कबड्डी खेलमा अग्रसर भएका छन् । एथेलेष्टिक गुरु मनराज शाहीले उनलाई कबड्डी खेलका ल्याउन बिषेश भूमिका खेलेको थिए ।

राष्ट्रिय रुपमा महत्व मानिएको यो खेल कर्णाली प्रदेशको कालिकोट जिल्लामा समेत गठन हुने बताए । ‘कबड्डी खेलको लागि कालिकोट जिल्लाका खेलाडीहरुसँग हामीले छलफल गरिरेहका छौं ।’ उनले भने,‘चाडै कबड्डी संघको जिल्ला समिति गठन गर्ने योजना रहेको छ ।’

कालिकोटमा कबड्डी खेललाई राष्ट्रिय रुपमा चिनाउनका लागि अहिले काम भइरहेको कालिकोट जिल्ला मा कबड्डी खेलमा आफ्नो लामो समय लागेका कबडी संघ कालिकोट तर्दस्थ समितिका अध्यक्ष जितेन्द्रप्रताप मल्ल(जिवा)ले बताए ।