३ कार्तिक २०८१, शनिबार

भेरी कोरिडोर र भेरी कोरिडोर प्रदेश सरकारको प्राथमिकतामाः मुख्यमन्त्री कँडेल


सुर्खेत । कर्णाली प्रदेश सरकारको प्राथमिकतामा भेरी कोरिडोर र भेरी कोरिडोर प्राथमिकतामा रहेको कर्णलीका मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन् । राष्ट्रिय राजमार्गले छुन नसकेको कर्णालीमा विकासको पहिलो प्राथमिकता पूर्वाधार भएको र त्यसमा सडक नै बन्न पुगेको कर्णालीका मुख्यमन्त्री कँडेलले बताए ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आज मन्त्रालयमा आगामी वर्षको बजेट तर्जुमा लागि गरिएको कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

भौगलिक रुपमा विकट मानिएको कर्णालीमा कर्णाली र भेरी करिडोरहरु निर्माणधिण अवस्थामा रहेको भन्दै मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश सरकारको मुख्य प्राथमिकता समेत यही रहेको बताए ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको मताहातमा रहेका सबै जिल्लाका कार्यालय प्रमुख तथा अधिकारीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले होटलबाट योजना वितरण भन्ने समाचार पो पटक सुन्न नपरोस भन्दै सचेत गराए । ‘कर्णालीका जनताले अझैँ पनि सहज र ढुकसँग यात्रा गर्न पाएका छैनन् ।’ उनले भने, ‘अब त्यस्ता खालका समस्यबाट पार लाग्नुपर्ने छ ।’

सडक तथा पुल निर्माणको जिम्मेवारी लिएका सबै निर्माण व्यवसायीको आचरण खराव नभएको बताए । ‘सरकारले बजेट निर्माण गर्दा ध्यान नदिएका कारण भारी मात्रामा विकास निर्माणका कामहरु अलपत्र परेका छन् ।’ उनले भने,‘अहिले बजेट सुनिश्चित भएका योजनाहरुमा निर्माण व्यवसायी र कार्यालय प्रमुखले भारी सहकार्य गरेर हरेक काममा निकास निकाली जनचाहना अनुसार अगाडी बढन पर्छ ।’