दीर्घ रोगमा बिरामीलाई एक लाख रुपैयाँ दिइने
सुर्खेत । कर्णाली प्रदेश सरकारले दीर्ग रोगका बिरामीलाई एक लाख रुपैयाँ उपचार खर्च दिने भएको छ । कर्णाली प्रदेश सरकारको बजेट निति तथा कार्यक्रममा दीर्घ रोगका बिरामीलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको हो ।
कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ नीति तथा कार्यक्रम कर्णाली प्रदेशसभा प्रस्तुत गर्दै प्रदेश प्रमुख तिलक परियारले दीर्गको बिरामीलाई प्रति व्यक्ति एकमुष्ट लाख दिने घोषणा गरेका हुन् । ‘मुटु रोग, मृगौला रोगलगाएतका दीर्घ रोगका बिरामीलाई उपचारका लागि एकमुष्ट एकल लाख रुपैयाँ दिइनेछ,’ उनले भने ।
कर्णालीपाटी । २३ जेष्ठ २०८१, बुधबार १६:१२