७ कार्तिक २०८१, बुधबार

कांग्रेस कर्णाली प्रदेश संसदीय दलका सचेतक विष्टले ल्याए ब्याधि र विजय


सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले कोभिड–१९ को भोगाई समेटिएको पुस्तक ‘ब्याधी र विजय’ नामक पुस्तक बजारमा ल्याएका छन् । कोभिड–१९ को संक्रमणपछि एक वर्ष लामो उपचारपछि निको भएका सचेतक विष्ट भोगाई समेटिएको पुस्तक आइतबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसका उपसभापति, पूर्व उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमोचन गरेका हुन् ।
पुस्तक लेखन एउटा कठिन काम भएको र जीवनको भोगाई भावी पुस्तासम्म लैजानका लागि पुस्तक एउटा कालखण्डमा मात्रै नभएर भावी पुस्तासम्मै लागि उपयोगी हुने उपसभापति खड्काले बताए । ‘कोभिड–१९ कारणले उहाँ अन्तिम अन्तिम समय पुगेको हुनुहुन्थ्यो । मैले निरन्तर डाक्टरहरुसँग सुझाव लिइरहेको थिए ।’ उनले भने,‘त्यो कठिन अवस्थामा पनि उहाँले नयाँ जीवन पाउनुभएको हो ।’
नेपाली कांग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई एउटा भनाई लिदैँ उपसभापति खड्काले भने, ‘मान्छे मिति नपुञ्जेल न जन्मछ न मर्छ ।’ उनले भने,‘सशस्त्र द्वन्द्वका बेला भागेको गाथा आफ्नो ठाउँमा छदैँछ ।’
समाजका काम लाग्ने लेख्नुपर्ने र जीवनमा भएका घटनापछि पुस्तकबाट जीवन नरहुन्जेलसम्म निरन्तर जिईरहरने भएको जीवन उपयोगी पुस्तक आवश्यक रहेको उपसभापति खड्काले बताए ।
कोभिड–१९ को पहिलो लहरपछि नयाँ भेरियन्टका साथ द्रोश्रो लहर चलेका कारण सरकारले २०७८ साल बैशाख १६ गते पुनः लकडाउन भएको बेला आफुलाई कोभिड–१९ ले संक्रमित भइसकेको पुस्तकका लेखक तथा नेपाली कांग्रेस कर्णाली प्रदेशसभाका प्रमुख सचेतक विष्टले बताए । ‘त्यस व्यधिले त्यस वर्षभरी थलिए ।’ उनले भने,‘कोभिड–१९ का कारणले त्यस वर्षभरी थलिए । त्यसैका कारणले फोक्सो र टिभी(क्षयरोग) बाट रिकभर हुन निकै लामो समय लाग्यो ।’
कोभिड–१९ रिकभर भएर चुनावमा टिकट पाएको बेला नै आफुलाई डेङ्गी रोगले समातेको विष्टले बताए । ‘अनुभूति, सहानुभूति र समानुभूतिले अरु माथि घटेको घटनाले आफूमा हलचल पैदा गराउने हुँदा यस पुस्तक बाट पाठकले समय सन्द अनुभूति गर्नु हुनेछ भन्ने बिश्वास लिएको छु ।’ उनले भने,‘साहित्यमा ‘स्वान्त सुखाय’ अर्थात आफ्नो स्वआनन्द र सन्तुष्टिका लागि पनि कतिपय सृजनाहरु हुन्छन् । भनिन्छ–दुःख बाँड्दा घट्छ तर सुख बाँड्दा बढ्छ । मैले पनि आम सुख दुःखहरू यस किताबमा राखि तयार गरे । यो पुस्तकको जन्म यसरी हुन पुग्यो ।’

उक्त पुस्तक विमोचन कार्यक्रमको सभापतित्व नेपाली कांग्रेस सुर्खेत कालिकोट सम्पर्क मञ्चका सत्यबहादुर शाही भएको थियो भने स्वागत मतब्य किशोरकुमार रावल गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चालन पत्रकार खगेन्द्रप्रसाद भट्टराईले गरेका थिए ।