२ कार्तिक २०८१, शुक्रबार

‘मानिसको मासु खाने ब्याक्टेरिया’, जसले ४८ घन्टा भित्र लिन सक्छ ज्यान


एजेन्सी । जापानमा एक यस्तो ब्याक्टेरिया फेला परेको छ, जसले ४८ घन्टा भित्र मानिसको ज्यान लिन सक्ने चेतावनी दिइएको छ ।

मानिसको मासु खाने ब्याक्टेरियाले हुने रोग पछिल्लो समय जापानमा बढ्न थालेको हो । उक्त ब्याक्टेरियाले आक्रमण गरेको ४८ घन्टा भित्र मानिसको मृत्यु गराउन सक्ने तथ्य फेला परेको छ । यसलाई निकै दुर्लभ प्रकारको ब्याक्टेरिया मानिन्छ ।

जापानको नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजका अनुसार स्ट्रेप्टोकोकस टक्सिक शक सिन्ड्रोम (एसटीएसएस) एक आक्रामक रोग हो । जुन सङ्क्रमण भएको ४८ घन्टा भित्र घातक हुन सक्छ ।

नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजले दिएको जानकारी अनुसार यसवर्षको जुन २ सम्म जापानमा एसटीएसएसका ९७७ केस फेला परिसकेका छन् । जुन गत वर्ष दर्ता गरिएको भन्दा बढी हो । गत वर्ष जापानमा एसटीएसएसका ९४१ केस फेला परेका थिए ।

नेशनल इन्स्टिच्यूट अफ इन्फेक्सियस डिजिजका अनुसार ग्रुप ए स्ट्रेप्टोकोकस (जीएसएस) ले सामान्यतया बालबालिकाको घाँटीमा सङ्क्रमण गर्ने र घाँटी खसखस गराउने समस्या उत्पन्न गराउँछ । जसलाई स्ट्रेप थ्रोटको रुपमा बुझिन्छ ।

ब्लूमबर्गका अनुसार केही प्रकारका ब्याक्टेरियाका कारण लक्षण तीव्र गतिमा विकसित हुन सक्छन् । जसमा शरीरमा दुखाई हुने र सुन्निने, ज्वरो आउने, कम रक्तचाप पनि हुने गर्छ । साथै नेक्रोसिस, स्वासप्रश्वासमा समस्या, अर्गेन फेल्योर र मृत्युसम्म हुन सक्छ ।

टोकियो महिला चिकित्सा विश्वविद्यालयमा सङ्क्रामक रोगका प्राध्यापक केन किकुचीका अनुसार एसटीएसएसको सङ्क्रमण पछि ४८ घन्टा भित्र मानिसको मृत्यु हुने जोखिम रहन्छ । बिहान बिरामीको खट्टा सुन्निएको देखिने र दिउँसोसम्म घुँडासम्म सङ्क्रमण फैलिन सक्छ र ४८ घन्टा भित्र मृत्यु हुन सक्छ ।’

५० वर्षभन्दा माथिका उमेर समूहमा यस रोगको जोखिम उच्च रहेको पाइएको छ । किकुचीका अनुसार यस रोगका कारण सङ्क्रमित हुनेको सङ्ख्या यसवर्ष २ हजारदेखि २५ सयसम्म पुग्न सक्छ र मृत्युदर ३० प्रतिशतसम्म हुन सक्छ ।

किकुचीले सर्वसाधारणलाई यसको जोखिमबाट बच्नका लागि हाथको सरसफाईमा ध्यान दिन आग्रह गरेकी छिन् भने कुनैपनि घाउको उपचार तत्काल गराउन पनि भनेकी छिन् ।

उनले बिरामीको आन्द्रामा ग्रुप ए स्ट्रेप्टोकोकस हुन सक्छ । जुन दिशाको माध्यमबाट हातलाई दूषित गर्न सक्छ ।

ब्लूमबर्गका अनुसार जापान बाहेक अन्य मुलुकमा पनि यो ब्याक्टेरिया फेला परेको छ । सन् २०२२ को अन्त्यसम्म युरोपको ५ मुलुकमा एसटीएसएस देखिएको थियो । त्यसबारे विश्व स्वास्थ्य सङ्गठनलाई इनभेसिभ ग्रुप स्ट्रेप्टोकोकस (आईजिएएस) को केस फेला परेकोबारे जानकारी दिएको थियो ।