३ कार्तिक २०८१, शनिबार

कर्णाली प्रदेशको बजेट सर्वसम्मत पारीत


सुर्खेत । कर्णाली प्रदेशसभाको बजेट पारित भएको छ । आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि प्रदेश सरकारले असार १ गते ल्याएको बजेट आज बसेको प्रदेशसभाको बैठकले पारित गरेको हो ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको ३१ अर्ब ४१ करोडको बजेट ल्याएको थियो ।
बजेट सर्वसम्मतले पारित भएको घोषणा कर्णाली प्रदेशसभा सभामुख नन्दा गुरुङ्गले बताइन् ।
त्यसअघि सदनमा मुख्यमन्त्री यामलाल कँडेलले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका थिए । ‘आर्थिक वर्षको बजेट कार्यान्वयनमा सबै सांसदहरुको सहयोग पाउने अपेक्षा गर्दै आगामी वर्षबाट ढंगको बजेट ल्याउने गरि थिति बसाल्न योजना आयोगलाई सक्रिय पारिनेछ ।’ उनले भने,‘बजारमा योजना आफूले ल्याएको भनेर केहिले हल्ला गर्दै आइरहेको बजेट सेवाग्राहीका लागि गएको र त्यस योजनाकालागि कोहि कसै विचौलियालाई रकम पर्न दिइन्न ।’