३१ असार २०८१, आईतवार

कर्णाली राजमार्गमा अबरुद्ध


सुर्खेत । निरन्तरको वर्षाका कारणले पहिरो जादाँ कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको कालिकोट सडकखण्डको हुल्म र गगनेखोला पहिरो जादाँ कर्णाली राजमार्ग अबरुद्ध भएको हो ।
कर्णाली राजमार्गको दहिखोला र गगनेखोलामा ठुलो पहिरो आएका कारणले खुलाउनका लागि केही समय लाग्ने प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी बीरबहादुर ओलीले बताए ।
अहिले राजमार्गका खुलाउनका लागि मेसिन प्रयोग भइरहेको गगनेखोलामा माथिबाट निरन्तर पहिरो गएका कारणले खुलाउन केही समस्या भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।