३ कार्तिक २०८१, शनिबार

अबरुद्ध कर्णाली करिडोर खुल्यो


सुर्खेत । शनिबार बिहानदेखि अबरुद्ध भएको कर्णाली करिडोर खुलेको छ । कर्णाली करीडोर अन्तर्गतको कालीकोट जिल्लाको पचालझरना गाउँपालिका–८ लाफा बजारमा गएको पहिरो पन्छाएपछि कर्णाली करिडोर खुलेको हो ।
लाफा बजारमा पहिरो गएपछि कर्णाली करिडोर अन्र्तगत कालीकोटको खुलालुदेखि हुम्ला जोड्न कर्णाली करिडोर अबरुद्ध भएको थियो ।
शनिबार बिहानको गएको पहिरोका कारणले अबरुद्ध भएको राजमार्ग आइतबार बिहान साढे नौ बजे खुलेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख अर्जुन केसीले बताए । ‘शनिबारदेखि अबरुद्ध भएको कर्णाली करिडोरको पहिरो पन्छाएपछि आइतबार बिहानबाट खुलेको छ ।’ उनले भने,‘लेदोसहित आएको पहिरो आएको थियो । डोजर लगाएर पन्छाएपछि खुलेको छ ।’
कर्णाली करिडोरमा वर्षायाममा बाढी पहिरोको निकै जोखिम हुने भएकाले त्यहाँ चल्ने यातायातका साधन रातीको समयमा चल्न नदिने गरेको र सचेतनाका कार्यक्रम चलाइरहेको जिल्ला ट्राफिक कार्यालय कालीकोटले जनाएको छ ।