३ कार्तिक २०८१, शनिबार

पहिरोका कारणले अबरुद्ध भएको कर्णाली राजमार्ग पुनः सञ्चालनमा


सुर्खेत । पहिरोका कारणले अबरुद्ध भएको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । कर्णाली राजमार्ग अन्र्तगतको कालीकोटको तिलागुफा नगरपालिका–१ नाग्मामा पहिरो खसेर अबरुद्ध भएको राजमार्ग पहिरो पन्अछाएपछि खुलेको हो ।
केहि समय पहिले कर्णाली राजमार्ग) अन्तर्गत तिलागुफा नगरपालिका– १ नाग्मा भन्ने स्थानमा पहिरो आई कर्णाली राजमार्ग प्रहरी र स्थानीय पहलमा पहिरो पन्छाएपछि खुलेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
आइतबार बिहान गएको पहिरो पन्छाएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको कालीकोट जिल्लाका प्रहरी प्रमुख अर्जुन केसीले बताए ।
त्यस्तै, कर्णाली करिडोर अन्र्तगत कालीकोटको नरहरिनाथ गाउँपालिका–१ मोरा गाँउमा पहिरो जाँदा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
कर्णाली करिडोर अबरुद्ध भएको अहिले खुलाउने प्रयास भइरहेको प्रहरी प्रमुख केसीले बताए ।