२ कार्तिक २०८१, शुक्रबार

कर्णालीबाट चार अर्ब ११ करोडका कृषि तथा पशुजन्य बस्तु निर्यात


सुर्खेत । कर्णालीबाट आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीबाट चार अर्ब ११ करोडभन्दा बढीको कृषि उपज तथा पशुजन्य बस्तु निर्यात भएका छन् । कृषकहरुबाट उत्पादन भएको कृषि उपज बस्तुहरु तरकारी, सुन्तला फलफूल, मसलावाली, मह, पशुपन्छीजन्य उपज बस्तु खसी, दुध, माछा, मासु, घिउ छुर्पी निर्यातबाट राहीली चार अर्ब ११ करोडभन्दा बढीको निर्यात भएको हो ।

कृषकहरुबाट उत्पादन भएको कृषि उपज बस्तुहरु तरकारी, सुन्तला फलफूल, मसलावाली, मह आदिबाट २ अर्व २६ करोड ६७ लाख ११ हजार र पशुपन्छीजन्य उपजका बस्तु खसी, दुध, माछा, मासु, घिउ राहीली आदिबाट १ अर्ब ८४ करोड ९० लाख ७० हजार गरी कुल ४ अर्व ११ करोड ७७ लाख ८९ हजार रकम बराबरको कृषि तथा पशुपन्छी जन्य उपजहरु कर्णालीबाट निर्यात भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव टिकाराम थापाले बताए ।

कर्काली प्रदेशमा व्यवसायिक मासु उत्पादनको लागि पालिने बाख्रा र कुखुरा प्रवद्र्धनमा हरेक वर्ष बृद्धि भइरहेको तथ्याङ्कगत रुपमा हेर्दा बाखा र कुखुराको तुलना गर्दा क्रमशः २०७९/०८० मा १७ लाख ६२ हजार ९०७ र २५ लाख २६ हजार ३६७ वटाबाट वृद्धि भई आ.व. २०८०/२०८१ मा १७ लाख ९८ हजार ९५७ र २६ लाख चार हजार ५०३ वटा पुगेको सचिव थापाले बताए । ‘जसको वृद्धि दर २.०४ र ३.१ प्रतिशत रहेको छ ।’ उनले भने, ‘पशुपन्छीजन्य उत्पादन दुध, मासु, माछा र अण्डा उत्पादनको आ.व. २०७१/०८० को तुलनामा कम ६८ हजार २३६.२२, ३० हजार १३३.२१. १९९.०६११४ हजार १४९.७३ मेट्रिक टनबाट वृद्धि भएर ६९ हजार ४५३, ३० हजार ९०३.१०, २०० र १४ हजार ४१० मेट्रिक टन पुगेर क्रमश १.३, २.६, ०.५ र १.८ प्रतिशतका दरले वृद्धि भएको छ ।’

कर्णालीको कृषि उत्पादन बृद्धि गर्नका लागि कर्णाली प्रदेशको उत्पादनशिल भूभागको उचित प्रोग एवम् संरक्षणका लागि प्रदेश भुउपयोग नीति, ऐन तथा प्रदेशको भुमिमा रहेको जोखिम संवेदनशिलता मध्यनजर गरी भू-उपयोग जेखिम संवेदनशिल गुरु योजनाको मस्यौदा स्वीकृतिको लागि तयार भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले बताए ।