२ कार्तिक २०८१, शुक्रबार

गर्भवतीलाई हेलिकप्टरमार्फत् सुर्खेत पु¥याइयो


वीरेन्द्रनगर । जाजरकोटकी एक गर्भवतीलाई हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको छ । कुशे गाउँपालिका–४ टाँगाचौरकी १८ वर्षीया निशा रोकायालाई प्रसूति गराउन हेलिकप्टरमार्फत मंगलबार सुर्खेत ल्याइएको हो ।

बेथा लागेपनि स्थानीय स्वास्थ्य चौकीमा प्रसुति गराउन नसकिएपछि उनलाई हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ल्याइएको छ ।