३ कार्तिक २०८१, शनिबार

कर्णालीमा कुपोषण अन्त्यका लागि प्रदेश स्तरीय इनफ अभियानको घोषणा


वीरेन्द्रनगर । कुपोषण अन्त्यका लागि कर्णाली प्रदेश स्तरीय इनफ अभियानको घोषणा गरिएको छ । एक कार्यक्रमका बीच मुख्यमन्त्री यामलाल कँडेलले अभियानको शुभारम्भ गरेका हुन् ।
कुपोषणका लागि इनफको शुभाराम्भ गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले कुनै बेला कर्णाली प्रदेश समृद्ध रहेको अहिले केवल भोकमरी कुरुपतामा रुपमा बिश्लेषण गर्ने गरिएको बताए । ‘स्थानीय खाद्यान्न बालीको उत्पादन घट्दो क्रममा रहेको छ ।’ उनले भने,‘कर्णालीका खाद्य बाली उत्पादनका लागि कर्णाली प्रदेश सरकार सबैसँग मिलेर काम गर्न तयार रहेको छ ।’
मुख्यमन्त्री कँडेलले कर्णाली नीति तथा गैरसरकारी क्षेत्रले कर्णालीको सरकारसँग हातेमालो गर्दै काम गर्न आग्रह गरे । ‘कर्णालीका कसले के काम गरिरहेको छ । त्यसको कुनै जानकारी हुँदैन् ।’ उनले भने,‘विकास साझेदार संस्थाले सरकारसँग मिलेर काम गर्न आग्रह गर्दछु ।’
कर्णाली भूमी व्यवस्था तथा सहकारी मन्त्री विनोदकुमार शाहले कर्णालीका बिषादीको मात्रा कम हुने गरेको अर्गानिक प्रदेश भएर पनि कुपोषण हट्न नसकेको बताए । ‘अहिले स्थानीय उत्पादनका परिकार खाने चलन हराउँदै गयो ।’ उनले भने,‘आगामी दिनमा कुपोषण हटाउनका लागि कर्णाली प्रदेश सरकारले त्यसतर्फ काम गर्दै आएको छ ।’
कर्णालीमा विगतकोभन्दा अहिले कुपोषण घट्दै गएको र त्यसलाई शुन्यमा झार्ने लक्ष्य रहेको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताए । ‘कर्णालीमा विगतमा ५२ प्रतिशत कुपोषण दर रहेको थियो ।’ उनले भने,‘अहिले त्यो घटेर ३२ प्रतिशतमा आएको छ । शुन्यमा झार्ने लक्ष्य राखिएको छ ।’
नेपाल सरकारले लिएका नीति तथा योजनालाई पूरा गर्नका लागि इनफ अभियानले सघाउने विश्वास लिइएको इनफ अभियानको घोषणा कार्यक्रमा वल्र्डभिजन इन्टरनेशनल नेपालका एडभोकेसी तथा क्यापियन म्यानेजर श्याम अधिकारीले बताए ।
पोषणको अवस्थामा सुधार भए पनि बाल मृत्युदर घट्न नसकेको कर्णाली प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत रमेश खड्काले बताए । ‘पोषण सुधारका लागि करोडौँ खर्च भए पनि प्रभावकारीता किन निस्कन सकेन भन्ने बारेमा गम्भीर समीक्षा हुनुपर्छ ।’ उनले भने,‘कृषि विकासका कार्यक्रमहरू सञ्चालनको लागि नीतिगत व्यवस्था तयार हुनु, सरकार र राजनितीक तहबाट अपनत्व ग्रहण गर्नु, अन्तराष्ट्रिय, राष्ट्रिय, प्रादेशिक र स्थानीय तहसम्मका नीति तथा कार्यक्रममा खाद्य सुरक्षा तथा पोषण सुरक्षाको विषयले महत्व पाउनु, कर्णाली प्रदेश रैथाने बालीको भण्डार भएकोले यसको उपयोग र प्रर्वद्धनको संम्भावना रहेको छ ।’