३ कार्तिक २०८१, शनिबार

दैलेखमा चट्याङ पर्दा किशोरी घाइते


सुर्खेत। दैलेखेको ठाँटीकाँध गाउँपालिका–३ माझखर्कमा गएराति चट्याङ पर्दा घरभित्रै रहेकी एक किशोरी घाइते भएकी छन । स्थानीय बासिन्दा राजबहादुर बुढाको घरमा चट्याङ परेर उनकी १४ वर्षीया छोरी रमा घाइते भएकी हुन ।

ठूलो पानीसँगै परेको चट्याङले कोठाभित्र सुतिरहेकी रमा घाइते भएको ठाँटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष भरत बमले बताए । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।