३ कार्तिक २०८१, शनिबार

पत्रकारिता र बोल्ने कला तालिम समापन


जाजरकोट । तीन दिने बालपत्रकारीता र उद्घोषण तालिम मंगलबारदेखि सुरु तालिम समापन भएको छ । पालिकामा क्रियाशिल बाल अभियान्ताहरुलाई पत्रकारिता र बोल्ने कलामा निपूर्ण बनाउने उद्देष्यले तालिमको आयोजना गरिएको हो ।

सेभ द चिल्ड«ेनको सहयोगमा पाँच तारा यूवा संरक्षण मञ्चको आयोजना तथा छेडागाड नगरपालिकाकाे सहअायाेजनामा सञ्चालित तालिममा पालिकाका बिभिन्न वडामा क्रियाशिल वाल क्लवका २६ जना बाल अभियान्ताहरुको सहभागिता रहेको थियो ।

अभियान्ताहरुलाई पत्रकारिता र बोल्ने कलाको सीप सिकाई समाज रुपान्तरणमा योगदान पु¥याउन सहयोगी भूमिकाका लागि तालिम सञ्चालन गरिएको सेभ द चिल्डे«नका परियोजना संयाेजक बाले विश्वकर्माले बताए ।

पालिका वाल सञ्जालका अध्यक्ष हेमराज दाहालले सञ्चारको पहुँच नभएको यस क्षेत्रमा पत्रकारको भूमिका महत्वपूर्ण भएकाले बालिकाहरु यस तालिमबाट सिप सिकेर पत्रकारीता पेशामा क्रियाशिल हुने आशा ब्यक्त गरे ।

तालिम पछि सहभागि वालीकाहरु बिभिन्न सञ्चार माध्यममा आबद्ध भई समाचार सम्प्रेषण र बोल्ने कलामा निपुर्ण हुने आयोजक संस्थाका कार्यक्रम संयोजक कुबेर केसीले बिस्वास ब्यक्त गरे ।

जाजरकोटमा बालिकाहरुका लागि पत्रकारिता र बोल्ने कला सम्बन्धि तालिम आयोजना गरिएको पहिलो पटक हो ।