३ कार्तिक २०८१, शनिबार

हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको गाडी दुर्घटनामा मृत्यु


सुर्खेत । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएको छ ।

सोमबार सुर्खेतको भेरीगंगा नगरपालिका–५ एमाले मोडमा भएको गाडी दुर्घटनामा घाइते भएका कार्कीको गयराति उपचारको क्रममा मृत्यु भएको माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले जानकारी दिईन् ।

सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा २४ जना यात्रु घाईते भएका थिए । कार्की माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीका सचिवालय सदस्यसमेत हुन् ।