२ कार्तिक २०८१, शुक्रबार

बुवाको दुख लौरोले बुझ्यो


चाहे जुनसुकै धर्म या सम्प्रदायका भए पनि बुवाको हात समातेर तोते बोली लरबराएका पाइला चाल्न सिकेको हामीमध्ये धैरै छौँ । त्यसरी ताते ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन अहोरात्र खटेर हामीलाई कर्म गर्न अनि सुरक्षा दिने बुवा । सायद, शब्दले व्याख्या गर्न सकिन्न । तिनै बुवाहरुको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ । जे होस् आमा बुवा नै यस जगतका देख्न सकिने भगवान् हुन् । आजका दिन पृथ्वी लोकका सम्पुर्ण पिताहरुलाई स्मृति गर्दै कोटि कोटि नमन गरौँ ।

मेरो बुवा एक किसान परिवारमा हुर्केको अनि केहि गर्नुपर्छ भन्ने उद्धेश्य बोकेको उच्चविचारको हुनुहुन्थियो । आफु नपढेको भएपनि आफ्ना छोराछोरीलाई पढाउनुपर्छ भनेर हामी तिनै भाईहरुलाई कक्षा १० सम्म पढाउनु भयो । हामीलाई पढाउने आयस्रोत भने कै खेतीकिसानी अनि काठ मिस्त्रि बाट आउने थोरैतिना रकम न हो । बुवा रोजगारीका लागि सधँै भरी भारतमा जाने अनि मेरी आमा खेतवारी अनि मेलापातको काममा । हामी तिनै भाईबैनिले बुवाको मायाँ तेती नपाएको आभाष अहिले पनि हुन्छ । किनकि बुवा हाम्रो पठनपाठन र घरपरिवारको जिम्मेवारीले सधैँ जसो भारत बस्नु हुनुहुन्थियो । कुरा एकदिनको हो । जुन मेरो परिवारमा एउटा बज्रपात आईपर्यो । बुवाको कथा सायद लौरोले बुझेर होला आज भन्दा करीब १४ वर्ष अगाडि मेरो आफन्तको भारत बाट फोन आयो ।

जुनदिन २०६८ माघ ११ गतेको थियो । मेरा बुवा बोल्न नसक्ने अवस्थामा हुनुहुदोरैछ । बुवालााई प्रेसरले हानेको रहेछ । हामी हतार हतार बुवालाई लिनभनि आमा, मामा, भाई अनि म भारत तिर गयौँ । हामी तीन दिनको यात्रा पछि भारतको पुडक स्थित मेरी भन्ने ठाँउमा पुगिँउ । जहाँ बुबा बोल्न अनि हिडडुल गर्न नक्ने अवस्थाका हुनुहुन्थियो । हामी त्यहाँ बाट भोली पल्टै नेपालको लागि बाटो तय गरेर गाडि चढिउ । त्यो यात्रा हाम्रा लागि त्यती सजिलो थिएन । हामी तीन दिनको यात्रा पछि नेपालगन्ज पुगिउ । नेपालगन्जमा युनाईटेड हस्पिटलमा बुवाको उपचार सुरु भयो । जुन समय हाम्रा लागि निकै कष्टकर थियो ।

बिरामी बुवाको अवस्थाले आमा निकै निरास हुनुभएको थियो । हामी आमालाई सान्त्वना दिदैँ लगातार बुवाको उपचारमा लागिउ । डाक्टरको सल्लाह अनुसार तीन पन्ध्रसम्म एकुपन्चर गर्ने भयो । तत्पश्चात बुवा नत बोल्न सक्नु हुन्छ नत खाना खाननै । त्यसपछिका दिन हाम्रा लागि निकै दुखदायी बिते । आफ्नो जिवन साथि सँग मेरी आमाले कैलेपनि आफ्ना दुःख सुखका कुरा गर्न नसक्ने हुनुभयो । किनकि बुवा बोल्न नसक्ने हुनुभएको थियो । मलाई लाग्छ आमाका मनमा कति पिडा छन् होला चाहेर पनि कसैलाई भन्न सक्नुभएको छैन् । बिरामि बुवाको चिन्ताले आमा पनि निकै बिरामि हुनुभएको छ । कति अत्यास लाग्छ होला , कति आए आफन्तकोमा जान मन लाग्छ होला । तर, आमा पिजडाको चरी जस्तै हुनुभयो । रातमा होस् या दिनमा आमा सँग बोल्ने पनि सहारा छैन् । कति रुनमन लाग्छ होला । बुवाले अहिले पनि बोल्न खोज्नुहुन्छ तर नत मुख आउछ नत हात खुट्टा नै चल्छ । म घरमा जाँदा होस् या फर्कदा बुवा रुनु हुन्छ । मलाई बुबाले मेरो यात्राको कामना गर्न खोज्नुभएको हो मलाई थाहा छ । तर म बुवाको अगाडि त रुन सक्दिन थे । म कति अभागि रैछु । सानोमा बुवाको मायाँ के हो थाहा नपाएको म ठुलो भएपछि बुबाको माँया पाउने आशमा आज बुवाको यो अवस्थाले झन् मन भतभती पोलेर आउछ । सबैका चेलीहरु माइतीमा गएको आफ्ना बाआमा घरपरिवार सँग रमाएको देख्दा आफुलाई नि रमाउन मन लाउछ ।

बुवाको मुखबाट छोरी भनेको सुन्न मन छ तर के गर्नु सबैलाई सोचे जस्तो त कहाँ हुन्छ र । अहिले बुवाको बाहिरी दुनियाको साहारा भनेकै लौरी हो । जुन लौरीको साहाराले घरदेखि बाहिरभित्र गर्न सक्नुभएको छ । बुवा समय र स्थितिले हामीलाई टाढा बनाउला तर हजुरको .आशिष् ,सल्लाह र माया सधैँ मेरो मुटुमा रहने छ । हजुरको मायाँ आशिर्बाद सदा सर्वदा पाइराखु मेरो बुवा ।