३ कार्तिक २०८१, शनिबार

मुगुमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


सुर्खेत । मुगु जिल्लाको सोरु गाउँपालिका–६ बन्जाँहामा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोरुकोटदेखि गमगढी बजारतर्फ आउदै गरेको ग. १ ज ६४६७ नम्बरको बोलेरो जिप सडकको मोडमा व्याक गर्ने क्रममा करिब १०० मिटर तल खस्दा जीप दुर्घटना भएको हो ।

गाडीमा सवार दुई जना मध्ये जिप धनि आफै चालक रहेका सोरु गाउँपालिका–३ भिँईगाउँका नरबहादुर बुमीको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले बताए ।