३ कार्तिक २०८१, शनिबार

बागलुङ दुर्घटना : पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु


सुर्खेत । बागलुङको गलकोटमा भएको जीप दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ ।

गलकोट २ भुङ्खानीमा शुक्रबार बिहान ९ बजे रा १ झ २०० नम्बरको जीप सडकबाट ३ सय मिटर तल भिरमा खसेको थियो ।

सो घटनामा बुढासहित ३ जनाको मृत्यु भएको बागलुङ प्रहरी प्रवक्ता डीएसपी विजय यादवले जानकारी दिए ।

मृत्यु भएका अन्यहरुको भने सनाखत हुन सकेको छैन । जीप भेटिएको परिचयपत्रका आधारमा बुढाको सनाखत भएको डीएसपी यादवले बताए ।

उक्त गाडीमा गाउँपालिकाका कर्मचारीहरु पनि थिए । तर, कोको थिए भन्ने खुलेको छैन । नेपाली सेना र सशस्त्र प्रहरीको टोली घाइतेको उद्दार गरेको छ ।