२ कार्तिक २०८१, शुक्रबार

एचपी लुब्रिकेन्ट्स सवारी साधनमा प्रयाेग गर्न उपयुक्त भएको प्रयोगकर्ताको भनाई



सुर्खेत । सवारीसाधन र बिभिन्न मेसिनरी उपकरणहरुमा प्रयोग हुने लुब्रिकेन्ट्समध्ये एचपी लुब्रिकेन्ट्स राम्रो भएको वत्ताहरुको भनाई रहेको छ । शनिबार सुर्खेतमा आयोजना गरिएको रिटेलर मिटमा एचपी लुब्रिकेन्ट्स सवारी साधन तथा बिभिन्न मेसिनरी उपकरणमा प्रयोग गर्दा राम्रो हुने प्रयोगकर्ताहरुले बताएका हुन् ।

सन १९५२ भारतमा उत्पादन भइरहेको लुब्रिकेन्ट्सले नेपाली बजारमा राम्रो बजार लिदैँ आएको एमएडब्लु ग्रुपका नेपाल सेल्स अफिसर संजय श्रेष्ठले बताए । ‘भारतीय स्वमित्व रहेको हिन्दुस्तान पेट्रोलियम कर्पोरेशनको आधिकारिक बिक्रेता एमएडब्लु ग्रुपले समेत प्लान्ट लगाउने तयारीलाई तिब्रता दिएको छ ।’ उनले भने,‘नेपाली बजारमा राम्रो सेल्स हुने गरेका कारणले भैरहवा अबको केही समयमा यही प्लान्ट सञ्चालन गरिने छ ।’

कर्णालीमा यसको डिलरसिप आएपछि अहिले यो ब्रान्डले नेपालमा आक्रमक बजार बिस्तार गरिरहेको यो निकै किफायती रहेको नाटो नेपालका केन्द्रीय महासचिव रत्नमान न्यौपानेले बताए । ‘मैले यो कम्पनीको लुब्रिकेन्ट्स प्रयोग गर्दा निकै राम्रो पाए ।’ उनले भने,‘यो निकै किफायती र सवारी साधन तथा मेसिनरी सामानमा प्रयोग गर्नका लागि निकै राम्रो रहेको छ ।’

एचपी लुब्रिकेन्ट्स नेपालमा राम्रो बजार रहेको यसको डिलर लिएर काम गर्नका लागि आवश्यक रहेको कार्यक्रममा सभापति रहेका रामप्रसाद भण्डारीले जानकारी दिए । ‘सवारी साधन र मेसिनरी सामानका लागि यो लुब्रिकेन्ट्स उपयुक्त रहेको छ ।’ उनले भने,‘मेसिनरी सामानका लागि लुब्रिकेन्ट्स मानिसको शरीरमा चाहिने रगत जस्तै हो ।’

कर्णालीमा एचपी लुब्रिकेन्ट्स आधिकारिक बिक्रेता सुर्खेत अटो सेल्सले गर्दै आएको कार्यक्रमका सञ्चालक पदम विष्टले बताए । ‘कर्णालीमा यसको बजारीकरण राम्रो रहेको छ ।’ उनले भने,‘बजारमा आएको चार पाँच वर्षमा यसको राम्रो बजारीकरण भएको छ ।’

भारतमा यो पहिलो रोजाईमा रहेको लुब्रिकेन्ट्स नेपाली बजारमा कडा प्रतिस्पर्धा भैरहेको छ ।