१ कार्तिक २०८१, बिहीबार

एकल पुरूषलाई विदुर भत्ता


कालीकाेट: यहाँको हिमा गाउँपालिकाले पालिकाभित्रका ४९ वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ ।

आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रममा एकल पुरुषलाई सामाजिक सुरक्षाको प्रत्याभूति गर्न उक्त उमेरका पुरुषलाई विदुर भत्ता उपलब्ध गराउने नीति ल्याइ कार्यान्वयन गरेकाे गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए ।

पालिकामा रहेका ७ वटा वडामा रहेका एकल पुरूषकाे विवरण मागि सकिएकाले विदुर भत्ता दिने प्रमुख प्रशासकीय अधिकृत प्रकाश शाहीले बताए । सो कार्यक्रमले महावैका एकल पुरुषलाई राहत मिल्ने छ ।