२ कार्तिक २०८१, शुक्रबार

आजदेखि सरकारी कार्यालयहरूमा नियमित सेवा


सुर्खेत । दसैँका लागि बन्द भएका सरकारी कार्यालयहरू आजदेखि खुलेका छन् ।

सरकारी कार्यालयहरूमा बडादसैँको फूलपातीको दिनदेखि द्वादशीसम्म सार्वजनिक बिदा रहेकोमा आजदेखि पुनः खुल्ने भएका छन् ।

सरकारी कार्यालयहरूमा आजदेखि नियमित सेवा सञ्चालन हुने भएको छ ।