५ मंसिर २०८१, बुधबार

सुर्खेत दुर्घटनाः आफन्त आन्दोलित


सुर्खेत । शक्रबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाग्लामा फोर्स दुर्घटनामा परेका मृत्यु भएका र घाइते आफन्तले शनिबार प्रद्र्धशन गरेका छन् । उनीहरूले ‘यो दुर्घटना हैन, हत्या हो’ भन्दै प्रहरी प्रशासनको विरोध गरेका हुन् ।
शुक्रबार रातानाग्लामा कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका थिए भने ३० जना घाइते भएका थिए।
मृतकका आफन्तहरुले शनिबार विहान जिल्ला प्रहरी कार्यालय अगाडि विभिन्न मागहरू राखेर प्रदर्शन गरेका छन् । क्षमताभन्दा बढी यात्रु राख्दा समेत प्रहरीले वास्ता नगरेको र त्यहीकारण दुर्घटना निम्तिएको भन्दै उनीहरूको विरोध गरेका छन् ।
दुर्घटनामा परी दैलेखको भैरवी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, भैरवी गाउँपालिका–२ का ३६ वर्षीय कर्णबहादुर विष्ट, भैरवी गाउँपालिका–२ का १६ वर्षीय दीपिका महतारा र २१ वर्षीय संगीता विष्टको मृत्यु भएको थियो ।