४ मंसिर २०८१, मंगलवार

एनआरएनए माल्टाले गर्यो माल्टा र नेपाली राजदूतावासमा समन्वय भेटघाट


नोभेम्बर १४ (युरोप):  गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाले युरोपको स्पेनमा रहेको माल्टा र नेपाली राजदूतावास म्याड्रिडमा समन्वय भेटघाट गरेको छ । एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) र उपाध्यक्ष सत्य नारायण झाले बुधबार समन्वय भेटभाट गरेका हुन् ।

माल्टा र नेपाली राजदूतावासमा एकैदिन समन्वय भेटघाट गरेका खनाल र झाले माल्टामा आप्रवासी नेपालीले भोग्दै आएका समस्याका बारेमा गम्भीर रुपमा छलफल भएको जानकारी दिएका छन् । भेटमा नेपाली राजदूतावासका कार्यवाहक राजदूत यज्ञराज पौड्यालले माल्टामा रहेका आप्रवासी नेपालीले भोग्दै आएका समस्याका बारेमा चासो दिएर एनआरएनए माल्टाले समस्या समाधानका लागि राम्रो पहल गर्दै आएको बताएका थिए ।

यतिबेला पनि एनआरएनए माल्टाका तँपाई अध्यक्ष र उपाध्यक्ष दुबैजना माल्टामा रहेका आप्रवासी नेपालीले भोग्दै आएका समस्यालाई ल्याएर राजदूतावासमा आउनु भएकोमा खुसी लागेको छ । हामीहरु सबै मिलेर नै समस्या समाधान गर्न लाग्नुपर्ने भन्दै आप्रवासी नेपालीका समस्या समाधानमा राजदूतावास सधैं जिम्मेवार बन्दै आएको पौड्यालले बताए ।

माल्टामा पासपोर्ट हराएका र म्याद गुर्जेका आप्रवासी नेपालीलाई माल्टामा घुम्ती कन्सुलर शिविर संचालन गरी सजिलै पासपोर्ट उपलब्ध गराउने विषयमा महत्पूर्ण छलफल भएको अध्यक्ष खनालले जानकारी दिएका छन् । भेटघापछि राजदूतावासले नोभेम्बर ३० तारीख देखि डिसेम्बर ४ तारीखसम्म घुम्ती कन्सुलर शिविर संचालन हुने राजदूतावासको लेटरप्याडबाट आधिकारिक रुपमा दूतावासले सूचना सार्वजनिक गरेको खनालले बताए ।

माल्टामा घुम्ती कन्सुलर शिविर संचालन गर्नको लागि एनआरएनए माल्टाले धेरै पहिले देखि राहदानी विभाग नेपाल र नेपाली राजदूतावास म्याड्रिडमा निरन्तर समन्वय गर्दै आएको एनआरएन माल्टाका उपाध्यक्ष सत्य नारायण झाले बताए ।

उनले भने,“ माल्टामा रहेका नेपालीको पासपोर्ट रिनुअल गर्नको लागि सजिलो होस् भनेर माल्टामा घुम्ती कन्सुलर शिविर संचालन गर्न पहल गर्दै आएका थियौं । आज दूतावासले शिविर संचालन हुने आधिकारिक नोटिस जारीगरेपछि म धेरै खुसी भएको छु ।” माल्टाबाट स्पेन राजदूतावासमा पासपोर्ट रिनुअल गर्न जाँदा १ लाखभन्दा बढी नेपाली रुपैया खर्चहुने गरेको र त्यो खर्च जोगिने झा बताउँछन् ।

एनआरएनए माल्टाको फेसबुक पेजबाट माल्टामा घुम्ती कन्सुलर शिविर संचालन हुने नेपाली राजदूतावासले जारी गरेको पत्र र समन्वय भेटघाट गरेको तस्बीर पोष्ट गरेपछि माल्टामा रहेका आप्रवासी नेपालीले सामाजिक संजालमा खुसी व्यक्तगर्दै एनआरएनए माल्टाको कामको प्रशंसा गरेका छन् । फेसबुक र टिकटकमा खुसीको खबर भन्दै राजदूतावासले जारी गरेको पत्र र समन्वय भेटघाटका तस्बीर पोष्टगर्दै राजदूतावास र एनआरएनए माल्टालाई धन्यवाद् दिईरहेका छन् ।

राहदानी विभाग नेपाल र नेपाली राजदूतावास म्याड्रिडको एकटोली आएर माल्टामा घुम्ती कन्सुलर शिविर संचालन गरी सेवा प्रदान गरिने राजदूतावासले जनाएको छ । पासपोर्ट हराएका र म्याद गुर्जेका माल्टामा रहेका नेपालीले अन्लाईनबाटै फराम भर्न सकिने व्यवस्था पनि गरिएको छ । थप जानकारीका लागि +३६ ७७३९६७८७, +३६ ७७७५६०५५ र +३६ ७७९४ ६०७७ मा सम्पर्क गर्न सकिने नेपाली राजदूतावासले जानकारी दिएको छ ।

झाले भने, “ नेपालबाट माल्टामा आउँने नेपालीहरुले श्रम गरेर आउने भएकोले कानूनी समस्या नहुने तर दुबई लगायत अन्यदेशबाट माल्टा आउँदा माल्टाको लागि श्रम नहुने र कानूनी समस्या झेल्नु परेको छ । श्रम सम्बन्धीको समस्या समाधानका लागि नेपाली राजदूतावास मार्फत अन्लाईनबार्ट श्रम स्वीकृति गर्ने बारेमा उपलब्धिमूलक छलफल भएको छ ।”

स्पेनमा भएको अन्तराष्ट्रिय श्रम सम्मेलनमा नेपालबाट सहभागी हुन आउनु भएका श्रममन्त्री शरदसिंह भण्डारी, वैदेशिक रोजगार प्रवद्धन विभागका डिजी सुर्यबहादुर खत्री र श्रम मन्त्रालयका उप–सचिव कविराज उपे्रतीलाई एनआरएन माल्टाले स्पेनमा स्वागत गरेको अध्यक्ष खनालले बताए ।

माल्टामा रहेका नेपालीले भोग्दै आएका समस्याका बारेमा छलफल भएको र श्रममन्त्री माननीय शरदसिंह भण्डारीले समस्याको समाधान गर्न सरकार जिम्मेवारीपूर्वक कामगर्र्नेे बताउनु भएको झाले जानकारी दिएका छन् ।

माल्टा राजदूतावास म्याड्रिडमा समन्वय भेटघाट :

आप्रवासी नेपालीलाई सजिलै सेवा प्रदान गर्ने कार्यबाहक राजदूत बुनिचीको भनाई

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) र उपाध्यक्ष सत्य नारायण झाले बुधबार नै माल्टा राजदूतावास म्याड्रिडमा समन्वय भेटभाट गरेकाछन् । माल्टा राजदूतावास म्याड्रिडका कार्यबाहक राजदूत डयानिलो बुनिचीसंग समन्वय भेटघाट गरेका हुन् ।

भेटघाटका क्रममा अध्यक्ष खनाल र उपाध्यक्ष झाले राजदूत बुनिचीसंग माल्टामा आप्रवासी नेपालीले भोग्दै आएका डकुमेन्ट प्रमाणीकरणको लागि असहज भएको र माल्टा राजदूतावासले सहजीकरण गरी सजिलै सेवा प्रदान गर्नुपर्ने विषयमा छलफल भएको अध्यक्ष खनालले जानकारी दिएका छन् ।

माल्टामा विवाह भएका नेपाली जोडीको विवाहदर्ता, माल्टामा जन्मेका नेपाली बच्चाहरुको जन्मदर्ता र नेपालबाट आउने प्रहरी रिपोर्ट लगायत अन्य आवश्यक डकुमेन्टमा माल्टा राजदूतावासले प्रमाणीकरण गर्नुपर्ने एनआरएनए माल्टाका उपाध्यक्ष सत्य नारायण झाले बताए ।

डकुमेन्ट प्रमाण्ीकरणका लागि मात्र माल्टा राजदूतावासमा अपार्टमेन्ट डेट लिनुपर्ने र एसका लागि माल्टाबाट स्ेपन आउँदा जाँदा समय र खर्च धेरै लाग्ने गरेको समस्या नेपालीले भोग्दै आएको विषयमा महत्पूर्ण छलफल भएको झाले बताए । डकुमेन्ट प्रमाणीकरणका लागि नेपालीले भोग्दै आएको समस्याकोको बारेमा जानकारी गराएपछि राजदूत बुनिचीले सहजरुपमा सेवा प्रदान गर्ने बताएका छन् ।

जसका लागि एनआरएनए माल्टाले नै डकुमेन्ट प्रमाणीकरणका लागि आउनेहरुको विवरण इमेल गरी पठाएपछि अपार्टमेन्ट डेट नलिनुपर्ने र इमेलकै आधारमा सजिलै डकुमेन्ट प्रमाणीकरण गरिने राजदूत बुनिचीको भनाईलाई उद्धित गर्दै झाले जानकारी दिएका छन् । साथै भटघाटमा पछिल्लो समयमा माल्टामा नेपालीले भोग्दै आएका समस्याका बारेमा पनि छलफल भएको उनले बताए ।