५ मंसिर २०८१, बुधबार

नरहरिनाथ गाउँपालिकामा अपाङ्गता पहिचान शिविर सम्पन्न


कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा १८ बर्ष मुनिका बालबालिकाहरुका लागि अपाङ्गता पहिचान सम्बन्धि बिशेषज्ञ स्वास्थ्य शिविर कार्तिक ३० गते उद्घाटन भई मंसिर १ गते आज (शनिबार) सम्पन्न भएको छ ।
प्लान ईन्टरनेसनल को आर्थिक सहयोग सादा नेपालको सहजीकरण र नरहरिनाथ गाउँपालिकाको आयोजनामा शिविर कार्तिक ३० गते योगी नरहरिनाथ आधारभूत अस्पतालमा र मंसिर १ गते स्वास्थ्य चौकी लालुमा सन्चालन भएको हो ।
कार्तिक ३० गते कुमालगाउँमा सन्चालन भएको शिविरमा नरहरिनाथ गाउँपालिका वडा न १,२,३,४,५ का १६५ जना सेवाग्राहीहरुले सेवा लिएका थिए भने १३ जना बालबालिकाहरुलाई अपाङ्गता पहिचान गरेको थियो ।
शिविरमा मंसिर १ गते स्वास्थ्य चौकी लालुमा वडा नं. ६, ८, ९ का ४८ जना सेवाग्राहीहरुले सेवा लिएका थिए जसमध्ये १२ जनलाई अपाङ्गता पहिचान गरिएको छ ।
शिविरमा डा.शुभनारायण ठाकुर, डा. शिवनाथ यादव, डा. जितेन्द्र महतोले सेवा दिनुभएको थियो ।
शिविरले १८ बर्षभन्दा मुनिका वालबालिकाहरुको समस्या पहिचान गरि उनीहरुको अपाङ्गता पहिचान गरि परिचयपत्र वितरण गर्ने, उनीहरुको उपचारमा सहयोग गर्नेका लागि शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले बताउनुभयो ।
शिविरले अपाङ्गता भएका बालबालिकाहरुको पहिचान गरि बालवालिकाहरुको परिचय कार्ड बितरणकालागि पालिकासँग छलफल गर्ने र उनिहरुको पहिचान भएको बालबालिकाहरुको अबस्थाअनुसारको सहयोग गर्नेका लागि शिविर उपयुक्त हुने सादा नेपालका फिल्ड अफिसर गोबिन्द नेपालिले बताउनुभयो ।