भिडिसेफले गरेका कामकाे संयुक्त अनुगमन

कालीकोटः जिल्लाको पचालझरना गाउँपालिकामा ग्रामिण विकास तथा प्रयावरण संरक्षण मञ्च (भिडिसेफ) नेपालबाट संचालित परियोजनाको संयुक्त अनुगमन गरिएको छ ।
वान हार्ट वल्डवाईडको आर्थिक सहयोगमा ग्रामिण विकास तथा प्रर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल बाट स्थानीय सरकारको साझेदारीमा संचालित मातृ तथा जवजात शिशु स्वास्थ्य सेवा सुदृढिकरण परियोजना अन्तगतका कार्यक्रमको अनुगमन गरिएको हो ।
जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख मिना रावतसहितको अनुगमन टोलिले पचालझरना गाउँपालिकामा रहेका स्वास्थ्य संस्था सहित वर्थिङ सेन्टरको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उपप्रमुख रावतले स्थानीय सरकारले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्नुपर्ने बताईन् । उनले वान हार्ट वल्डवाईडको आर्थिक सहयोगमा ग्रामिण विकास तथा प्रर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपालबाट संचालित मातृ तथा जवजात शिशु स्वास्थ्य सेवा सुदृढिकरण परियोजनाले आमा र बच्चा दुवैको स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याएकाले कार्यक्रम प्रभावकारी रहेको बताईन् ।
कालीकोटजस्तो दुर्गम क्षेत्रमा यस्तो परियोजना अति आवश्यक भएको बताईन् । अनुगमनका क्रममा स्वास्थ्य सेवा कार्यालय कालीकोटका जन स्वास्थ्य अधिकृत कटकबहादुर महतले पचालझरना गाउँपालिकामा मातृ तथा बाल स्वास्थ्यको सुधारका लागि गरिएका काम उत्कृष्ट भएको बताए ।
अनुगमन सहित पचालझरना गाउँपालिकामा रहेको राम्नाकोट स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्रिपनि दिइएको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै जनस्वास्थ्य अधिकृत महतले स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार हुने र सेवाको उपयोग बढाउन मद्दत गर्ने बताए ।
वान हार्ट वल्डवाईडको आर्थिक सहयोगमा ग्रामिण विकास तथा प्रर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल कालीकोटले जिल्लाका १३ वटा स्वास्थ्य संस्थामा अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । जिल्लाको नानीकोट स्वास्थ्य चौकी, धौलागोह स्वास्थ्य चौकी, चिलखाया स्वास्थ्य चौकी,सिप्खाना स्वास्थ्य चौकी, राँचुलि नगर अस्पताल, कोटवाडा स्वास्थ्य चौकी, लालु स्वास्थ्य चौकी, भर्ता स्वास्थ्य चौकी, सुकाटिया स्वास्थ्य चौकी, खिन स्वास्थ्य चौकी, ओदानकु स्वास्थ्य चौकी, गेला स्वास्थ्य चौकी र राम्नाकोट स्वास्थ्य चौकीहरुलाई आवश्यकताको आधारमा स्वास्थ्य सामाग्री हस्तान्तरगा गरिएको भिडिसेफ नेपाल कालीकोटका व्यवस्थापक राजेन्द्र सहकारीले बताए ।
त्यस्तै कार्यक्रमको अनुगमन गर्दै भिडिसेफ नेपाल कालीकोटकी अध्यक्ष कल्पना रावलले ग्रामिण क्षेत्रमा वितरण गरिएका स्वास्थ्य सामाग्रीले प्रसुति सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरिन् । त्यस्तै स्वास्थ्य संस्थामा हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीले स्वास्थ्य चौकीको सेवा प्रवाहमा सहजता थपिने वान हार्ट वल्ड वाइड कालीकोटका जिल्ला संयोजक इश्वर बडुले जनाए ।
सन् २०२५ सम्ममा नेपाल सरकारको न्युनतम् सेवा मापदण्ड कार्यक्रम संचालन तथा नियमित कार्यान्वयनका लागि सहयोग र आवश्यकता तथा प्राथमिकताका आधारमा ९ वटै पालिकामा कार्यक्रम संचालन हुने परियोजना संयोजक शम्भु प्रसाद आचार्यले जानकारी दिए ।
जिल्लामा अहिलेसम्म भिडिसेफ नेपाल कालीकोटले २८ लाख ९७ हजार ८ सय ८३ रुपैया बराबरको अत्यावश्यक स्वास्थ्य सामाग्री विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिसकेको छ ।

कर्णालीपाटी । ११ पुष २०८१, बिहीबार १७:२८