११ बैशाख २०८२, बिहीबार

५ वर्षपछि गुमेको ज्योति फर्किपछि


कालीकोटः महाबै गाउँपालिका–३ ओदानकुका ९१ वर्षीय जग्गबहादुर सिंहले आँखा देख्न छाडेको पाँच वर्षपछि पुनः ज्योति पाएपछि खुसी भएका छन् ।
नाताले भतिजा पर्ने करन सिंहको सहारामा ओदा फाउण्डेशन पुगेका उनी मोतीबिन्दुको शल्यक्रियापछि आँखा देख्न सक्ने भएका हुन् । आँखा नदेख्दा संसारै अँध्यारो थियो,’ उनले खुसी हुँदै भने, फेरि देख्न सक्ने भएँ, नयाँ जीवन पाएजस्तो लागेको छ । पहिला भगवानले आँखा दिए, अहिले डाक्टरले आँखाको ज्योति दिएका छन् । उनी आँखा देख्ने भएपछि लौरो टेक्दै घर फर्किपछि खुसी भएका हुने ।
महावै गाउँपालिका ३ की कन्नसिला सिंहले पनि आँखा देख्न छाडेको १ वर्षपछि पुनः देख्न थालेकी छिन् । आँखाको ज्योतिभन्दा ठुलो केही रहेनछ उनले भनिन्, ज्योति फर्काइदिने डाक्टरलाई भगवान्ले रक्षा गरुन् ।
महावै गाउँपालिका ७ की पान्का सुनार पनि ओदानकुको शिविरमा गएर उपचार गराएपछि आँखा देख्ने भएकी छन् । ३ वर्ष पछि गुमेको एउटा आँखाको ज्योति फर्किपछि उनी खुसी छन् । आँखा नदेख्दा हिँडडुल गर्न समस्या हुन्थ्यो, आफन्त ठम्याउन सकिँदैनथ्यो,’ मोतीबिन्दुको शल्यक्रियापछि सुनारले भनिन्, ’अब आँखा देख्ने भएका छौं, हिँडडुल गर्न र आफन्त ठम्याउन समस्या नहुने भयो ।’ उनले आँखा देख्न छाडेपछि परिवार र आफन्तले पनि हेला र दुव्र्यवहार गर्दा सारै मन दुखेको बताइन् । ’आँखामा दृष्टि नहुँदा घरभित्रैकाले पनि राम्रो व्यवहार नगर्दा रहेछन्’, उनले भनिन्, ’अब त ज्योति फर्कियो, आफ्नो काम आफै गर्न सक्छु अब कसैले हेला नगर्लान् की ।’
आफ्नै गाउँठाउँमा शिविर संचालन भएपछि ऋण खोजेर बाहिर जानु पर्ने बाध्यता हटेको महावै गाउँपालिकाकी लंका सुनारले बताईन् । उनले पनि शिविरमा निःशुल्क उपचार पाएकी छन् ।
नेपाल नेत्र ज्योतिसंघ जिल्ला आँखा उपचार केन्द्रको समन्वय, आइ केयर फाउण्डेशनको आर्थिक सहयोग, ओदा फाउण्डेशनको व्यवस्थापन तथा महावै गाउँपालिकाको आयोजनामा २ दिने ३९ र्औ शर्जिकल आँखा उपचार शिविरको आयोजना गरिएको थियो ।
मोतीबिन्दु छनोट शिविरमा आएका ४ सय ५३ जनामध्ये ७० जनाको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्र मान्मका प्रमुख डबल अधिकारीले बताए । नागरिकको स्वास्थ्यमा स्थानीय सरकार प्रतिवद्ध भएपछि शिविर संचालन गर्न सकिएको अधिकारीको भनाई छ । कालिकोटका नागरिकलाई ध्यानमा राखेर मोतीबिन्दुको निःशुल्क शल्यक्रिया आयोजना गरिएको अधिकारीले बताए । उनका अनुसार शिविरबाट धेरैलाई राहत मिलेको छ ।


डाक्टर कृष्णा गुरुङ्गले कालिकोट जस्तो विकट जिल्लामा शिविर सञ्चालन गरि शल्यक्रिया गर्दा स्थानीयलाई धेरै सहज भएको बताइन् । उनले टाढाबाट जसरी महावैको विषयमा सुनेको थिए, त्यो अनुरुपको नपाएको बताएन् । कालीकोटको महावैमा रहेको ओदा फाउण्डेशनबाट कर्णालीका अन्य जिल्लालेपनि पनि सिक्नुपर्ने उनको भनाई छ ।
महावै गाउँपालिकाले स्थानीय नागरिकलाई निशुल्क स्वास्थ्य वीमा, आधारभुत अस्पतालको स्तरउन्नती, विभिन्न खालका शिविर संचालन गरि महावै गाउँपालिकाका नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्याउने काम गरीरहेको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए । उनले भने, नागरिकको स्वास्थ्यमा जे जस्तो समस्या आउछ त्यहि अनुसारको शिविर संचालन गरेर जनतालाई सेवा दिने र्छौ ।