११ बैशाख २०८२, बिहीबार

अदालतको आदेश अवेज्ञा गदै पलाता सरकार


कालीकोट | जिल्लाको पलाँता गाउँपालिकाले सर्वोच्च अदालतको आदेश अवेज्ञा गर्दै नयाँ ठाउँ रानीविसौनाबाट दैनिक सेवा प्रवाहा गरिरहेको छ।

तत्काल पलाँता गाउँपालिकाको केन्द्र थिर्पुबाटै सेवादिन भनि मिति २०८१ माघ २ गते र्वोच्च अदालतले अल्पकालिन आदेश  र माघ २८ गते आदेश गरेको थियो । उक्त आदेशको अवेज्ञा गरी पलाँता गाउँपालिकाले अहिले पनी रानी विसौनाबाट पालिकाको कामकार्वाही सुचारु गरिरहेको छ।

पलाँता गाउँपालिकाको केन्द्र थिर्पु हुने गरी २०७३/१२/२७ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पलाँता गाउँपालिकाले सेवादिदै आएको मा मिति  २०८१ मंसिर १८ गते राति १२ बजे  पूरानो केन्द्र रहेको  थिर्पुबाट  कार्यालयका कागजात,लगाएत कुर्सी  टेबुल चाेरी गरेर लगेपछि स्थानीयले बिरोध जनाएका थिए ।

स्थानीय कर्णबहादुर बमले सर्वोच्च अदालतमा गरेको रिट दर्तालाई सर्वोच्च अदालतले तत्काल पूरानो केन्द्र थिर्पुबाट सेवा प्रवाहा गर्ने भनी गरेको फैसलालाई पलाँता गाउँपालिकाले अवेज्ञा गरेको हाे।

साविककै ठाउँबाट सेवा प्रवाह गर्न अदालतले भनेकोमा गाउँपालिकाले बोड नै हटाएर रानीविसौनाबाट सेवा दिइरहेको छ। पालिकाले लेटरप्याड पुरानै प्रयोग गरेको छ, तर सेवा रानीविसौनाबाटै दिएको छ।

पलाँता गाउँपालिकाको मिति २०८१/०८/२३ को निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नु भनी विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ को उपनियम (२) (ख) बमोजिम यो अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराइले सर्वोच्च अदालतको आदेश अवेज्ञा गरेको खण्डमा मानाहानीको मुद्दालाग्ने बताए । आफुले समेत  थिर्पुबाट सेवा प्रवाहा गर्न  भनि पत्र पठाइसकेकोमा कार्यन्वयन नभएको उनको भनाई छ।

सर्वोच्च अदालतले गरेको फैसला पलाँता गाउँपालिकाले कार्यन्वयन नगरेको पलाँताका स्थानीय लंकबहादुर बमले बताए । उनले भने राजपत्रमा समेत प्रकाशित सूचना अनुसार थिर्पूमा हुनुपर्नेमा सर्वोच्च अदालतको आदेशलाई पलाँता गाउँपालिकाले अवेज्ञा गरेको उनको भनाई छ।

पलाँता गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्मसिंह बमले सर्वोच्च अदालतको आदेश अनुसार सेवा प्रवाहा नभएको बताए।

उनले हाल रानी विसौनाबाट सेवादिदै आएका छौं, यो विषयमा जनप्रतिनिधिले सोच्नुपर्ने कुरा  हो  अहिले पनी स्थायी कार्यालय कहाँ हुने भन्ने अन्योले कर्मचारी समेत कार्यालयमा नआउने गरेको उनको भनाई छ।

पलाँता गाउँपालिका अध्यक्ष बाटै अन्याय भएको वडा नम्बर ५ का अध्यक्ष  तिलक बमले बताए । उनले भने गाउँपालिका अध्यक्षले आफै निर्णय गरेर  गल्ती गरेको बताए । अहिले पनि सर्वोच्च अदालतको आदेश कार्यान्वयन नगरेको उनलेे बताए । बाेर्ड,लेटरप्याड समेत हटाएकाे उनको भनाइ छ। कार्यपालिकामा कुनैपनि निर्णय नगरि माईनट पूरा गर्ने गरेको उनको भनाइ छ।

पहिलो निर्वाचित सरकारले लोडे जिउलामा गाउँपालिकाको केन्द्र तोकेकोमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ विपरित हुने गरी केन्द्र परिवर्तन हुने गरी भएको निर्णय उत्प्रेषणको आदेशले बदर गरी लोडे जिउलामा भौतिक संरचना नबनेसम्म साविकको थिर्पुबाट नै सेवा प्रवाहको कार्य गर्नु गराउनु भनी परमादेशको आदेश तथा अन्तरिम आदेश माग गरी रिट दायर भएको थियो ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि गाउँपालिकाको प्रशासनिक केन्द्र स्तान्तरण गरेकोले यथास्थानमा राख्न पत्र पठाएको थियो । यस्तै जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि पालिकाको काम कार्वाही यथास्थानबाटै संचालन गर्न पत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले उत्प्रेषण आदेश कार्यान्वयन गर्न २०८१ माघ २१ गते गाउँपालिकमा पत्र पठाएको थियो ।

पलाँता गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर राेकायाले अदालतले अन्तिम आदेश नदिएकाे बताए । उनले रानीबिसाैना नभए लाेढेबाट कामगर्ने गरि तयारी थालेको बताए। पालिकाकै नाममा जग्गा भएकाले रानिविसाैनाबाट सेवा प्रवाह गरिरहेकाे जिकिर गरे ।
पालिका सार्नेमा पालिका सरकारकाे जिम्मेवारी भएकोले दिनमा काम चलेकाे कारण देखाउदै राति सामान सारिएको अध्यक्ष राेकायाकाे भनाई छ ।

उनले दुई तिहाइ बहुमतकाे निर्णय गरेर रानी विसाैनाकाे लागि अगाडि बढेको बताए। पालिकाकाे केन्द्रका लागि पहिले लाेडे गर्ने गरि जग्गाकाे कित्ताकाट गरिएकाे भएपनि साे ठाउँमा भवन र फिल्ड बन्न नसक्ने भएपछि रानी विसाैनामा सारिएको अध्यक्षकाे भनाई छ ।

स्थानिय सरकार संचालन ऐन २०७४ काे परिच्छेद २ काे दफा ३ मा गाउँपालिका वा नगरपालिकाकाे नाम वा केन्द्र हेरफेर गर्नु परेमा सम्बन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याकाे दुईतिहाई बहुमतले पारित गरेकाे प्रस्ताव कार्यपालिकाले प्रदेश सरकार मार्फत नेपाल सरकारमा पठाउनु पर्ने उल्लेख छ ।

यस्तै दफा ५ मा पहिलाे निर्वाचन भएकाे मितिले ६ महिनाभित्र सम्बन्धित सभामा तत्काल कायम रहेकाे सदस्य संख्याकाे बहुमतबाट प्रास्ताव पारित गरि एक पटककाे लागि गाउँपालिका वा नगरपालिकाकाे नाम वा केन्द्र हेरफेर गर्न परेमा नेपाल सरकारमा सिफारिस गरेेमा सरकारले साे सिफारिस बमोजिम नाम वा केन्द्र हेरफेर गर्ने उल्लेख भए बमाेजिम २०७३ फागुन २७ गते पलाँता गाउँपालिकाकाे केन्द्र थिर्पु भनेर राजपत्रमा सूचना प्रकााशित भईसकेकाे छ ।

सूचना प्रकाशित भएपनि पालिका केन्द्रकाे हेरफेरका लागि पहिलाे सरकारले २०७५ साउन ३० गते बसेकाे गाउसभाबाट सर्वसहमतिकाे निर्णयले लाेडे ज्यूलामा पालिका सार्ने निर्णय भएकाे र भाैतिक संरचना समेत निर्माण गरिसकेकाे छ ।