कर्णालीमा सिभिल बैंकको प्रदेश कार्यालय
सुर्खेत। सिभिल बैैंकले कर्णालीमा एकै दिन दुई कार्यालय उद्घाटन गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार एक कार्यक्रमकाबीच वीरेन्द्रनगरमा कर्णाली प्रदेश कार्यालय र सुर्खेत शाखा संयुक्त उद्घाटन गरेका हुन् । बैंकको कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सम्भावको प्रचुर सम्भावना बोकेको कर्णालीको आर्थिक बिकासको लागि वित्तीय संस्थाहरुको महत्वपूर्ण भुमिका हुने भन्दै मुख्यमन्त्री शाहीले उत्पादनमुलक र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बैंकहरुले लगानी गर्नुपर्ने सुझाव दिए
बैंकहरुले नाफा मात्र नहेरी साना तथा स्वरोजगारमुलक व्यवसायमा पनि वित्तीय संस्थाहरुले लगानी बढाउन उनले आग्रह गरे । ‘व्यवसायीको लगानी डुब्न नदिन उपभोगमा स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिनेगरी वातावरण बनाउन आवश्यक छ’ मुख्यमन्त्री शाहीले भने । जनतामा निराशा उत्पन्न गराई संघीयतालाई असफल बनाउन विभिन्न बिषयमा अनर्गल प्रचारबाजी भईरहेको भन्द्यै उनले सचेत हुन सबैलाई आग्रह गरे ।
सरकार सुशासन कायम गर्न प्रतिवद्ध रहेको भन्दै सरकारमा रहेकाहरुबाट भ्रष्ट्राचार गरेको पाईएमा कानून बमोजिम दण्ड हुने उनको दावी छ । ‘संसारका धेरै देशहरुमा शक्तिशाली प्रधानमन्त्री, राष्ट्रपतिले पनि सजाय पाएको उदाहरण छ’ उनले भने, ‘नेपालमा पनि कानूनी राज्य भएको र गैरकानुनी काम गर्ने जो कोहीले पनि गल्ती अनुसारको सजाय भोग्नै पर्छ ।’ सरकारले कुनै पनि जनविरोधी काम नगरेको उनको दावी छ । सिभिल वैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद ठम्मर विष्ट, पदमवहादुर रोकाय र नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमवहादुर शाहीले वैंकको सफलताको शुभकामना दिएका थिए ।
suresh । २ असार २०७६, सोमबार ०९:२८