१४ बैशाख २०८१, शुक्रबार

पलाता गाउँपालिका अध्यक्षलाई नेकपाको स्पष्टिकरण


कालीकोटः पलाता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाती कान्छासंग नेपाल कम्युनिष्ट पाटीले स्पष्टीकरण सोधेको छ । नेपाल कम्युनिष्ट पाटीको गाउँ एकता गर्ने क्रममा पलाता गाउँपालिकाका अध्यक्ष बमले पार्टीको निर्देशन र निति विपरित कार्य गरेको भन्दै स्पष्टिकरण माग गरिएको हो ।
नेपाल कम्युनिष्ट पाटी कालिकोटले गाउँपालिकाका अध्यक्ष बमलाई नेकपाको एकता पक्रिया जारी रहेका बेला भर्दौ १२ गते पलाता गाउँपालिकाको एकता प्रक्रिया सम्पन्न गर्दा यसलाई अवरोध पु¥याउनका लागि अध्यक्षले छुट्टै अभियान चलाएको र कार्यकता भड्काएको हुनाले मौखिक रुपमा जिल्ला पाटीलाई आफ्नो राय व्यत्त गर्न अनुरोध गरिएको नेपाल कम्युनिष्ट पाटीका अध्यक्ष धनजित शाही र सचिव नगेन्द्र शाहीद्धारा हस्ताक्षर गरिएको स्पष्टिकरण पत्रमा उल्लेख गरिएको छ ।
नेकपाका नेताले पाटीको विधि विधान र निर्देशनभन्दा बाहिर गएर काम गरेको भन्दै गाउँपालिका अध्यक्ष लक्ष्मण बमलाई पहिलेदेखि नै कार्वाहीको माग गरिरहेका थिए । नेकपाले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलन मार्फत पनि स्पष्टिकरण सोधिने जनाएको थियो । पलाता गाउँपालिकाको एकता प्रक्रियाको समयमा विवाद समेत भएको थियो । एकता प्रक्रियामा विवाद सिर्जन ागर्न मुख्य भुमिका गाउँपालिकाका अध्यक्ष बलमे खेलेको आरोप समेत लगाएको थियो । पलाताको एकता प्रक्रियामा सहयोग नगरेको भन्दै पार्टीले स्पष्टिकरण सोधेको एक नेताले बताए ।
नेकपाको यहि नियतिले देश नै थलामा परेको पलाता गाउँपालिकाका स्थानीय पूर्णसिंह बलमे बताए । उनले, केही काम गर्नुपर्छ भन्ने मान्छेलाई नै पार्टीले लगाम लगाउर्दै आएको उनको आरोप छ । आफु जनताको सेवक भएर जनताको काममा पाटीलाई जानकारी नगराएर गएकाले स्पष्टीकरण सोधिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । उनले भने, ‘पाटीको कार्यक्रमा नगई सत्ताको कार्यक्रममा किन गएको, पाटीको निर्देशन विना जनता भेटघाट अभियान किन चलाएको, पाटीको बैठकमा कार्यकताले आफ्नो राय राख्दा नेतृत्वको अगाडि किन बोलेको भनेर जिल्ला पार्टीले आफुलाई स्पष्टिकरण सोधेको अध्यक्ष बमले बताए । आफुले पाटीमा कुरा राख्न नपाइने हो भने कम्युनिष्टको सदस्य भएर बस्नु र नबस्नुमा केही औचित्य नभएको अभिव्यक्ति दिएकाले आफुलाई पार्टीले स्पष्टिकरण सोधेको अध्यक्षको भनाई छ । आफुले भनेको शब्दले संगठन निमार्णमा खलल पु¥याएको भन्दै पार्टीले स्पष्टिकरण सोधेको बताए ।
उनले भने, ‘आफु नेकपा पाटीको टिकट लिएर निर्वाचनमा गएर विजयीपनि भए त्यसपश्चात सधै जनताको सेवक भएर रहेकाले नेकपालाई त्यो नराम्रो लागेको होला ।’ मैले पनि नेताको वरिपरी घुमेर उनीहरुले भनेको मानेको भए मलाई स्पष्टिकरण सोधिने थिएन, टिकट पाटीबाट लिएको भएपनि आफुलाई जनताले जिताएको महसुष गर्दै जनताको विचमा हुदाँ जनतासंग रमाउदा पार्टीलाई विधि विधान विपरित हुन्छ भन्ने थाहा नै थिएन ।’ बमले भने, ‘जव पाटीको स्पष्टिकरणको पत्र हातमा आयो अनि जनताको माझमा गएको पाटीलाई पचेन छ भन्ने सोच पलायो ।’
यता नेपाल कम्युनिष्ट पाटीका जिल्ला अध्यक्ष धनजित शाहीलाई यस विषयमा बुझ्न खोज्दा मोवाईल अफ रहेको थियो । यस विषयमा पाटी सचिव नगेन्द्र शाहीले पाटीभित्रको आन्तरिक कुरा भएको बताए । उनले, ‘यो पाटीभित्रको कुरा हो, पाटीभित्रको विवाद हो ।’ भन्दै अरु केही बोल्न मानेनन् ।