८ बैशाख २०८१, शनिबार

चाडपर्वलाई लक्षित गरि बजार अनुगमन


कालीकोटः दशैं तिहार लगायत चाडपर्व नजिकिँदै गर्दा जिल्लामा बजार अनुगमनलाई तीव्रता दिन थालिएको छ । जिल्ला प्रशासन कार्यालय कालीकोटले यहाँको बजार अनुगमनमा तीव्रता दिएको हो ।
दशैं तिहारको समयमा अखाद्य वस्तु बिक्री वितरण नहोस् र उपभोक्ताले तोकिएकै मूल्यमा सामान किन्न सकुन् भन्ने उद्देश्यले बजार अनुगमनमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपाली बताए ।
उनले हामीले अन्य समयमा पनि बजार अनुगमन त गर्ने गरेका छौँ तर अहिले दशैं तिहार आउँदै गरेकाले अखाद्य वस्तु बिक्री नहोस् भनेर बजार अनुगमनलाई अलि कडाइ गरेका हौँ । नेपालीले भन्नुभयो, चाडपर्वका समयमा हुनसक्ने कालोबजारी, मिसावट लगायत गतिविधि नियन्त्रण गर्न बजार अनुगमनलाई अलि कडाइ का साथ लिइएको सहायक प्रमुख जिल्ला अधिकारीले बमबहादुर नेपाली बताए ।
कालोबजारी, मिसावट लगायत गतिविधि रोक्न बजार अनुगमनमा कडाइ गरिएको हो । कालोबजारी गर्नेलाई कारवाही हुनेछ । नेपालीले भन्नुभयो, बजार अनुगमनका लागि खाडाचक्र नगरपालिका, स्थानीय व्यापारी, प्रहरीको टोली बनाइएको छ । टोलीले जिल्ला सदरमुकामका पसलमा कुनै पनि सामानको मूल्यमा एकरुपता भए नभएको, म्याद सकिएको लगायत विषयमा अनुगमन गरेको छ । जिल्लामा गैरकानूनी रुपमा बिक्री वितरण हुँदै आएको मदिरा तथा मदिराजन्य पदार्थ बेचविखनमा समेत कडाइ गरिने सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपाली बताए ।