८ जेष्ठ २०८१, मंगलवार

उत्कृष्ट बिद्यार्थी र अभिभावकलाई सम्मान


कालीकोटः जिल्लाको तिलागुफा नगरपालिकाले शैक्षिक सुधारका लागि नगरभित्रका उत्कृष्ट बिद्यार्थी, बिद्यालय र अभिभावकहरुलाई सम्मान गरेको छ । स्थानिय साझेदार संस्था भिडिसेफ नेपालद्धारा संचालित युवा सशक्तिकरण पििरयोजना, सेभ द चिल्डेनको सहयोगमा तिलागुफा नगरपालिकाले नगरको शैक्षिक गुणस्तर सुधारका लागि उत्कृष्ट बिद्यार्थी, बिद्यालय र अभिभावकहरुलाई सम्मान गरेको हो ।
नगरपालिका भित्रका माध्यामिक बिदालयहरुमा सबै भन्दा बढी नियमित बिद्यालयमा हाजिरी हुने, बिद्यालयका अतिरिक्त क्रियाकलापहरुमा सहभागीता जनाउने, पढाईमा मेहनती, अनुशाशित बिद्यार्थी, बिद्यालयमा भर्ना भएको बिद्यार्थीहरुको नियमितता, व्यवस्थापनमा उत्कृष्ट बिद्यालय र ििबद्यालययको व्यवस्थापनमा सक्रिय, आफ्नो बच्चालाई नियमित बिद्यालय पठाउने, बिद्यालयमा गएर आफ्नो बिद्यार्थीको पढाईको अवस्थाका बारेमा जानकारी दिने अभिभावकलाई छननोट गरी सम्मान गरिएको हो । भिडिसेफ नेपालको युवा सशक्तिकरण परियोजना संयोजक भुपालसिंह बोहोराले तिलागुफा नगरपालिकाको क्षिक्षा शाखाले गरेको छनोटका आधारमा तिलागुफाका ६ वटा बिद्यालयका ६ जना उत्कृष्ट बिद्यार्थी, ६ जना अभिभावक र एउटा बिद्यालयलाई सम्मान गरिएको बताए । उनका अनुसार उत्कृष्ट बिद्यार्थीलाई दोसल्लाह, प्रमाणपत्र रर स्टेशनरी, उत्कृष्ट अभिभावकलाई प्रमाणपत्र, दोसल्ला र उत्कृष्ट बिद्यालयलाई प्रमाणपत्र, दोसल्ला र डिस्नेयरी समेत प्रदान गरिएको छ ।
तिलागुफा नगरपालिका प्रमूख रतनबहादुर शाहीले खस्कीदै गएको शैक्षिक गुणस्तर उकास्नका लागि उत्कृष्ट बिद्यालय, बिद्यार्थी र अभिभावकहरुलाई सम्मान गरिएको बताए । उनले नगरपालिकाले शिक्षा नीति बनाउन थालिरहेको बताउदै उत्कृष्ट अंक ल्याउने बिद्यार्थी, सिकाई उपलब्धीमा उत्कृष्ट बिद्यालयलाई नगरपालिकाको सहयोग बढाउने बताए । उनले भने, तिलागुफा नगरपालिकामा सबैको सहभागीतामा शैक्षिक गुणस्तर सुधार अभियान थालेका छौँ । नगरले शिक्षा क्षेत्रमा लगानी बढाउनुका साथै अनुगमन, ििनरीक्षणलाई पनि कडाईका साथ लिएका छौ ।
कालिकोटको नरहरिनाथ गाउँपालिकाको आयोजना र भिडिसेफ नेपाल कालिकोट र सेभ द चिल्डेनको साझेदारीमा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाको सहयोग मा बाल दिवस को अवसर पारि बिभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । शिक्षा युवा तथा खेलकुद विकास प्रमुख राम प्रशाद भुसाल को सभापतित्वमा भएको एक औपचारीक कार्यक्रममा पालिका अध्यक्ष धिर ब. बिष्ट प्रमुख अथिति तथा उपाध्यक्ष मन शोभा बुढा, प्रमुख प्रशासकिय अधिकृत लाल ब. मल्ल, बिभिन्न विद्यालयका प्र अ. तथा शिक्षक लगागत अथितिको रुपमा उपस्थित थिए ।


भिडिसेफ नेपालका अध्यक्ष मीनबहादुर बोगटीले जिल्लाको नरहरीनाथ गाँउपालिका र तिलागुफा नगरपालिकामा संचालित युवा सशक्तिकरण परियोजना चालु आर्थिक बर्षमा मात्र ८० जना बालबालिकाहरुलाई हरेकलाई १० हजारका दरले छात्रबृति समेत प्रदान गरिएको बताए । उनका अनुसार तिलागुफाका ३३ जना र नरहरीनाथका ४७ जना बिद्यार्थीहरुलाई नियमित बिद्यालय आउन र शैक्षिक सामग्री किन्नका लागि छात्रबृति प्रदान गरिएको हो । समाजमा रहेका आर्थिक हिसावले नाजुक परिवारका बालबालिकाहरुलाई उक्त सहयोग गरिएको हो । यस्तै नरहरीनाथ गाँउपालिकाले गत आर्थिक बर्षकोे एसइइमा पालिका भरीमा उत्कृष्ठ ग्रड ल्याई पास भएका ३ जना बालबालिकालाई नगद र प्रमाणपत्र सहीत सम्मान गरेको छ । गाउपालिकाले खडा गरेको पालिका अध्यक्ष उत्कृष्ट पुरुस्कारबाट नन्दादेवि माबि कोटबाडाका खेमराज बिष्टलाई ५० हजार, नन्दादेवि माबि कोटबाडाकै भरत बिकलाई ४० हजार र जनता मावि रुप्साका महेन्द्रमान सहकारीलाई ३० हजार नगद सहित दोसल्लाह र प्रमाणपत्रले सम्मान गरिएको हो । भिडिसेफ नेपाल कालिकोट र सेभ द चिल्डेनको साझेदारीमा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाले सन २०१६ देखि नै जिल्लाको तिलागुफा नगरपालिका र नरहरीनाथ गाँउपालिकामा शिक्षा र जिविकोपार्जनका क्षेत्रमा बिभिन्न काम गर्दै आएको छ ।