८ जेष्ठ २०८१, मंगलवार

वनभोज खर्च कटाएर असाहायलाई सहयोग


सुर्खेत । बनभोजका लागि खर्च गर्ने रकमबाट विद्यार्थीहरुले असाहायहरुलाई न्यानो कपडा वितरण गरेका छन् । आदर्शराज मेमोरियल स्कुल वीरेन्द्रनगर कक्षा ११ मा कानून संकाय अध्ययनरत विद्यर्थाीले आइतबार मानवसेवा आश्रम गई असाहायलाई न्यानो कपडा वितरण गरेका हुन् । विद्यार्थीले संकलन गरेको खाजा खर्च र वनभोज खर्चवाफतको रकमबाट आश्रमका विद्यार्थीलाई न्यानो कपडा र नगद हस्तान्तरण गरिएको हो ।
सहाराविहीन भएकाहरुलाई थोरै भए पनि राहत होस् भन्ने उद्देश्य सबै विद्यार्थीहरु मिलेर रकम संकलन गरिएको बताइएको छ । आश्रममा ५ जना अशक्त, १० जना बेवारिसे, ४ जना नवजात शिशु र अन्य मानसिक रोगी गरेर ४४ जनाले आश्रय पाईरहेका छन् ।