विद्यालयमा आत्मसुरक्षा तालिम


सुर्खेत । सुर्खेत महिला जेसीज बर्ष २०२० ले आफ्नो बार्षिक अभियान अन्तर्गत महिलाहरुका लागि आत्मसुरक्षा तालिमको शुरुवात गरेको छ । आत्म सुरक्षा तालिमको शुभारम्भ गर्दै सुर्खेत महिला जेसीज बर्ष २०२० का अध्यक्ष प्रमी शाक्यले महिलाप्रति दिनप्रतिदिन बढी रहेको हिंसालाई महिलाहरु आफैले आफ्नो सुरक्षा गर्न सकुन भनेर विषेश गरेर विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि आत्मसुरक्षा तालिमको शुरुवात गरेको बताईन् ।
हामीले यो कार्यक्रमको शुरुवात वीरेन्द्रनगर १० घुस्रास्थित जनसेवा माविबाट शुरु गरेका छौं यो अभियान हामी विभिन्न विद्यालयमा सञ्चालन गर्ने तयारीमा छौं । आत्म सुरक्षा तालिममा जनसेवा मावि घुस्राका करिब ९० छात्रा विद्यार्थीहरुलाई कराँते ब्ल्याक बेल्ट उपाधीका खेलाडी पशुपति विसीले तालिम दिएको हो ।
कर्णालीपाटी । २३ फाल्गुन २०७६, शुक्रबार १४:२८