४ बैशाख २०८२, बिहीबार

माक्स लिएर स्कुल स्कुल पुुगिन उपाध्यक्ष


कालिकोटः जिल्लाको पचालझरना गाँउपालिका उपाध्यक्ष तारा न्यौपानेले बिद्यार्थीहरुलाई निशुल्क माक्स बितरण गरेकी छन् । बिश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको जोखिमलाई न्यूनिकरण गर्न पचालझरना गाउपालिका उपाध्यक्ष न्यौपानेले बिद्यालय बिद्यालयमा पुगेर बिद्यार्थीहरुलाई निशुल्क रुपमा माक्स बितरण गरेकी हुन् ।
गाँउपालिका स्तरीय कक्षा ८ को बार्षिक परीक्षा संचालन गरेका गाँउपालिकाका चार वटा माविमा पुगेर उपाध्यक्ष न्यौपानेले सबै बिद्यार्थीहरुलाई माक्स बितरण गरेको बताईन् । उनका अनुसार पचालझरना गाँउपालिका स्थित सरस्वती मावि सिकु, ज्ञानोदय मावि राम्नाकोट, सरस्वती मावि भिट्टा र पंगेलीदेवी मावि नुवाघरमा पुगेर बिद्यार्थीहरुलाई निशुल्क माक्स बितरण गरिएको छ । कक्षा १ देखी ९ सम्मको बार्षिक परिक्षा चलिरहेका बेला उपाध्यक्ष न्यौपाने बिद्यालय बिद्यालयमा पुगेर गाँउपालिकाभरीका १ हजार ४ सय ५० जना बिद्यार्थीहरुलाई माक्स बितरण गरेकी हुन् ।


पचालझरना गाँउपालिका उपाध्यक्ष न्यौपानेले आफुले कोरोना भाईरस सम्बन्धि सचेतना जोगाउदै बिद्यालय बिद्यालयमा पुगेर बिद्यार्थीहरुलाई माक्स बितरण गरेको बताईन् । हरेक बिद्यार्थीले आफ्नो घरमा मात्र कोरोनाबाट बच्नका लागि साबुन पानीले हात धुने, माक्सको प्रयोग गर्ने, भीडभाडमा नजाने जस्ता उपाय सिकाए भने पनि गाँउपालिकामा कोरोनाको जोखिम कम हुने बताउदै उनले कोरोनाबारे हरेक घरमा सचेतना पुगाउन बिद्यार्थीहरु उपयुक्त माध्यम बनेको बताईन् । उनले भनिन्, मैले मेरो व्यक्तिगत लगानीमा १ हजार ४ सय ५९ वटा माक्स खरीद गरेर बितरण गरेकी हु । प्रति माक्स ३८ रुपैयाका दरले खरीद गरेर ५५ हजार १ सयको माक्स बिद्यार्थीलाई उपलब्ध गराईएको छ । यसले अन्य स्थानिय नागरिकहरुलाई पनि माक्सको प्रयोग गर्ने बानीको पनि विकास गराउने छ । ग्रामिण स्तरमा समेत कोरोनाको त्रास रहेको बताउदै उनले यसको बारेमा सचेतनामुलक कार्यक्रम र जानकारी दिनु आवश्यक रहेको बताईन् ।
उपाध्यक्ष न्यौपाने गाँउपालिका प्रवेश गर्ने सिमाना भात्तडीमा हेल्प डेक्स राखेर कोरोनाबारे जानकारी दिनुका साथै परीक्षण पनि सुरुवात गरिएको जानकारी दिईन् । उनका अनुसार भात्तडीमा गाँउपालिकाबाट खटिएका स्वास्थ्यकर्मीहरुले कोरोनाबाट कसरी बच्ने, यसका लक्षणहरु के हुन् जस्ता जानकारीहरु दिने र उनीहरुको स्वास्थ्य परीक्षण गर्न काम पनि सुरु गरिएको छ । गाँउपालिका अध्यक्ष खड्गराज सेजुवालले कोरोना भाईरसका बिषयमा सार्बजानिक सूचना जारी गरी सबैलाई सचेत रहन अपिल गरेका छन् । उनले गाँउपालिकाभरी कुनै सभा सम्मेलन तथा मान्छेहरुको भीड लाग्ने कार्यक्रम नगर्न सबैलाई आग्रह गरेका छन् ।