२० बैशाख २०८१, बिहीबार

उद्योग बाणिज्य संघले मास्क वितरण गर्यो


कालीकोटः उद्योग बाणिज्य संघले विभिन्न संघ संस्था र व्यापारीलाई आज मास्क वितरण गरेको छ । एक व्यापारी एक मास्क भन्ने नारासहित उद्योग बाणिज्य संघले मास्क वितरण गरेको हो ।
विश्वभरी फैलिएको कोरोना भाईरस कोभिड (१९) बाट बच्नका लागि व्यापारी सहित संघ संस्था सरकारी कार्यालयहरुमा गइ मास्क वितरण गरेको उद्योग बाणिज्य संघ कालीकोटका अध्यक्ष रतनबहादुर शाहीले बताए । उनले भने, ‘विश्वभरी कोरोना भाईरस फैलिएको छ यसको संक्रमण कालीकोटमा फैलिन नदिनका लागि मास्क वितरण गरेका र्हौ ।’
उद्योग बाणिज्यसंघले कालीकोट जिल्लामा रहेका ५ वटा एफ.एम रेडियोमा कार्यरत पत्रकार, जिल्ला कारागार, सशस्त्र, रणशुर गुल्म, मान्ममा व्यवसाय गर्ने व्यापारी लगायतलाई मास्क वितरण गरेको उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष तिलबहादुर शाहीले बताए । उनले भने, अहिले विशेष गरि कोरोनाको उच्च जोखिममा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मी भएकाले संचारकर्मीको सुरक्षाका लागि प्रत्येक रेडियोमा पुगेर मास्क दिएका छौ ।
मास्क वितरणमा उद्योग बाणिज्य संघका महासचिव रंगलाल देवकोटाले मान्ममा व्यवसाय गर्ने एक व्यापारी एक मास्क समेत वितरण गरेको बताए ।