६ जेष्ठ २०८१, आईतवार

अलपत्र मजदुरको सुरक्षा नगरले गर्छः– नगरप्रमुख पाण्डे


कालीकोटः बर्दियाबाट कामको शिलसिलामा कालीकोट आएका १९ जना मजदुरको व्यवस्थापन नगरले गर्ने खाडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताएका छन् ।
उनले आज विहान अलपत्र रुपमा रहेका १९ जना मजदुरलाई भेटेर नआत्तिन आग्रह समेत गरे । उनले भने, ‘विश्वमा कोरोना भाईरसको महामारी फैलिरहेकाले नेपाल सरकारले पुरै नेपाललाई लकडाउन गरेको छ । यो लकडाउनलाई सफल पार्नका लागि मजदुरको सुरक्षा नगरपालिकाले लिनेछ तपाईहरु चिन्ता नमान्नुस् ।’ कामको शिलसिलामा वर्दियाका १९ जना श्रमिक कर्णाली राजमार्गस्थित कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाँहाको विहानी खोलामा अलपत्र परेका थिए । उनीहरुको अवस्था बुझ्नका लागि आज विहान नगरप्रमुख सहित प्रहरी निरीक्षक इन्द्रबहादुर मल्ल सहितको टोलि मजदुरलाई भेट्न विहानी खोला पुगेको थियो ।
कर्णाली राजमार्ग मर्मतका लागि वर्दियावाट ल्याएका १९ जना श्रमिकलाई खाँडाचक्रको विहानी खोलामा अलपत्र अवस्थामा छोडेर ठेकेदार राजु कठायत सम्पर्क विहिन भएको खवर पाएपछि नगरप्रमुख सहित सुरक्षा निकायले मजदुरको अवस्था बुझ्नका लागि स्थलगत रुपमा विहानी पुगेको हो ।
कर्णाली राजमार्गमा काम गर्नका लागी १९ जना मजदुर चैत्र ८ गते कालीकोट आइपुगेका थिए । उनीहरु कालीकोट आएको केही दिनमा नै लकडाउन भएपछि अलपत्र परेका हुन् । कामको शिलसिलामा कालीकोट आउदा ल्याएको खाद्यन्न सकिएकाले आफुहरुमा भोकमरीको समस्या भएको बदलु गोडियोले बताए । उनले आफ्नो समस्या खाडाचक्र नगरपालिका वडा नं ३ का वडाध्यक्षलाई भनेपछि वडाध्यक्षले तिलाकर्णाली बहुमुखी क्याम्पसको भवन निमार्णमा काम दिएकाले काम गरिरहेको जनाए ।
तिलाकर्णाली बहुमुखी क्याम्पसको भवन निमार्णगर्दै गरेका मजदुरलाई नगरप्रमुख जसीप्रसाद पाण्डेले भेटी काम तत्काल रोक्न निर्देशन समेत दिएका छन् । उनले १ दिनको ज्याला दिएर काम तत्काल रोक्न भवन निमार्ण उपभोक्ता समितिलाई निर्देशन दिएका हुन् । प्रमुख पाण्डेले, मजदुरको व्यवस्थापनका लागि आवश्यक खाद्यन्न आज बेलुका विहानी पु¥याउने प्रतिवद्धता समेत गरेका छन् ।