५ जेष्ठ २०८१, शनिबार

चामल माग्न जाँदा लठ्ठी खाईयो


कालीकोटः जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा नं. ६ लुवारवाडाका जले लुवारले गाँउपालिकाले लकडाउनको बेला विपन्न परिवारलाई चामल बाँड्दैछन भन्ने सूचना पाए । दैनिक रुपमा छाक टार्नकै लागि अर्कोको भारी बोक्नु पर्ने परिवारका लुवारलाई गाँउपालिकाले चामल दिने भनेपछि एक महिना त आनन्दले बसिएला भनेर उत्साहित थिए । हतार हतार गाँउपालिकामा पुगेपछि जीपमा चामल आएको थियो । बाँड्ने सुरसार गरियो । पालिकामा रहेको प्रहरी चौकीका प्रहरीको साथमा वडा अध्यक्ष रंगराज सार्की चामल बाँड्दै थिए । गाँउका केही मान्छेहरुले चामल पाए । उनले पाएनन् । उनले मलाई पनि चामल दिनुहोस भनेर गए । तपाई पाउनु हुन्न भनेर वडा अध्यक्ष सार्कीले भने । उनले हामीले किन नपाउने भनेर सोधिरहेको थिए । अरु चामल नपाएका साथीहरुले पनि भेला भए । वडा अध्यक्षले भेला भएका सबैलाई हटाउन भनेपछि प्रहरीले लठ्ठी हान्यो । मैले प्रहरीका तीन चोट खाँए । उनले भने, हामीले चामल माग्दा किन लठ्ठी हानीयो । आफ्ना मान्छेहरुको लिष्ट बनाएर चामल बाँडीयो । आफुलाई मत दिनेहरुलाई मात्र चामल बाँडीयो । सरकारले नै अन्याय गर्यो ।
उनले भने, चामल लिन गएको मान्छे लठ्ठी खाएर घर फर्किए । सात जनाको परिवार कसरी पाल्नु । अर्कोको भारी बोकेर योजनाका भारी बोकेर र योजनामा ज्यालादारी काम गरेर परिवार पाल्दै आएको छु । लकडाउनले सबै कामहरु ठप्प छन् । मैले कहाँ गएर कमाएर ल्याएर परिवारको छार्न टार्ने हो । अब बालबच्चा भोकै रहने भए । यस्तै सान्नीत्रिवेणी गाँउपालिका वडा नं. ६ कै जयमल सुनार र धर्म लुवारको पनी पीडा उस्तै थियो । गाँउपालिकाले चामल दिने भनेपछि हामी लकडाउनका बेला पालिकामा आएका थियौँ । गरिबलाई राहत दिने भनेपछि हामी पनि पाउला भनी आएको हौँ । एक महिना पनि खान पुग्ने उत्पादन हुने जग्गा जमीन छैन् । काम गरेर छाक टार्दै आएका छौँ । लकडाउनको बेला काम बन्द भएपछि पालिकाको शरणमा आएका थियौँ तर चामलको साटो पुलिसको लठ्ठी पाएर फर्कियौँ ।
यस्तै सान्नीत्रिवेणी गाँउपालिका वडा नं. ६ बाहुनबाडाका कमलराज संज्यालले अनुहार हेरेर राहत दिएको आरोप लगाए । उनले भने, जनप्रतिनिधिले सरकारको राहतलाई बिभेद गरी बाँडे । आफुहरुलाई भोट दिने मान्छेहरुको लिष्ट बनाएर चामल बाँडीयो । हामीलाई चामल माग्दा लठ्ठी हानियो । हामीले चामल मागेका हौँ । लठ्ठी खान गाँउपालिकामा आएका हैनौँ । यस्तै स्थानिय १८ जनाको परिवार रहेको नीलि संज्यालको पीडा पनि उस्तै छ । पालिकाको राहत पाउनेहरुको लिष्टमा उनको परिवार परेन् । तर तीन महिना खान नपुग्ने दैनिक मजदुरी गरेर खाने उनको परिवार पनि अहिले संकटमा छ । उनले भनिन्, हामीलाई रोक भन्दा बढी भोकको चिन्ता छ । भगवानको भरोसामा परिवार छन् । स्थानिय पार्वति सिंहले भनिन्, वडा अध्यक्ष रंगराज सार्कीले आफ्नो आफ्ना मान्छेलाई चामल बाँडेर भागे । गाँउका विपन्न परिवार भन्दा अनुहार हेरेर राहत बाँडीयो ।
सान्नीत्रिवेणी गाँउपालिका स्थित प्रहरी चौकी इन्चार्ज असई नरबहादुर केसीले चामल बितरण गर्ने ठाँउमा होहल्ला गर्नेहरुलाई सामान्य धकेलपकेल गरेको बताए । उनले भने, वडा अध्यक्ष सहितको टोलीले चामल बाँडी रहेका थिए । केही मान्छेहरु हल्ला गर्न थाले । उनीहरुलाई भगाएको हो । वडा अध्यक्षले चामल तानातान गरेर स्थानियले चामलको बोरा नै हरायो भन्दै हुनुहुन्थ्यो । उहाँलाई चौकीमा आउनुस भनेको सम्पर्कमा आउनुभएको छैन् । यता गाँउपालिका अध्यक्ष डम्बरबहादुर शाही र वडा अध्यक्ष रंगराज सार्कीलाई सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहनु भएन् । स्थानिय नागकिले सरकारले नै राहत बाँड्दा बिभेद गरेको भन्दे बिरोध जनाएका छन् ।