६ जेष्ठ २०८१, आईतवार

बमद्धारा राहत कोषमा ४० हजार सहयोग


कालिकोटः जिल्लाको रास्कोट नगरपालिकाले स्थापना गरेको राहत कोषमा सोहि नगरपालिका वडा नं ६ निवासि ७० वर्षिय वृद्व पृथ्वीबहादुर वमले ४० हजार एक सय रकम कोषामा जम्मा गरेका छन ।
विश्वभरि फैलिएको कोरोना भाईरस कोभिड (१९) लाई नियन्त्रण तथा रोकथामा सरकारले गरेको लकडाउनले अतिगरिब, दैनिक ज्यालादारी गरि खाने समुदायको समस्यालाई मध्यनजर गरी नगरपालिकाले स्थापना गरेको ५० लाखको राहत कोषमा बमले सहयोग जम्मा गरेका हुन् । राहतको लागि चेक हस्तान्तरण गदै वृद्व वमले, आफु संग धेरै पैसा भएर सहयोग नगरेको बताए । उनले लकडाउको मारमा परि ठुलो विपतको पिडामा परेका अति विपन्न परिवार र दैनिक काम गरि खानुपर्ने बाध्यता भएका नागरिकको घाउमा मलहम लगाउनका लागि आफुले सहयोग गरेको बमले बताए ।
उनले भने, ‘हुन त म ७० वर्ष पुगिसके, अस्ताउन लागेको डाँडा मुनिको वेललाई रातिको अंध्यारोको के वास्ता, तर यो धर्तिमा रहिरहेको वेला, देशमा ठुलो संकट भोग्दा र देख्दा सानो भएपनि सहयोग गर्ने मन लाग्यो ।’ भित्रिमनले गरेहको सहयोगले गरिव जनाताले भोको पेट भर्ने विश्वास लिएको छु । सहयोग गरेको चेक वुझ्दै रास्कोट नगरपालिका प्रमुख काशिचन्द वरालले, वुढेसकालमा दिन खाईसकेका वृद्व पृथ्वी वमको सहयोग सवैभन्दा ठुलो भएको प्रशंसा गरे । उनले, नगरपालिकाले स्थापना गरेको राहत कोषमा सवैको सहयोग रहने बताए । उनले मनकारि वृद्व वमलाई धन्यवाद पनि दिए ।