२३ बैशाख २०८१, आईतवार

लकडाउनमा कुखुरा वितरण


कालीकोटः  जिल्लाको खाडाचक्र नगरपालिकाले लकडाउनको उल्लंघन गर्दै कुखुरा वितरण गरेका छ । खाडाचक्र नगरपालिका पशुसेवा शाखाको सहयोगमा बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तरगत सुनौला हजार दिनका आमाहरुलाई कुखुरा वितरण गरेको छ ।
खाडाचक्र नगरपालिका–३ र ४ का सुनौला हजार दिनका आमाहरुलाई बोलाई भेला गरि कुखुरा वितरण गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड (१९) बाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरेपनि स्थानीय सरकारले लकडाउनको उल्लंघन गर्दै आइरहेका छन् । नगरपालिकामा रहेका १ सय २ जना सुनौला हजार दिनका आमाहरुलाई ५ वटा कुखुराका चल्ला वितरण गर्नका लागि जम्मा गरेको थियो ।
आफुहरुलाई कुखुरा फर्मले तत्काल चल्ला पठाएकाले राख्ने ठाउँ नभएपछि वितरण गर्नुपर्ने बाध्यता भएको खाडाचक्र नगरपालिका वडा नं ४ का वडाध्यक्ष धनसिह विकले बताए । उनले भने, हामीले लकडाउनभन्दा पहिले नै कुखुराको चल्ला माग गरि रकम जम्मा गरिसकेकाले अहिले एक्कासि कुखुरा आएपछि राख्ने ठाउँ नभएकाले वितरण गर्नुपरेको हो ।