२३ बैशाख २०८१, आईतवार

सिमा नाकामा प्रहरी परिचालन


कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकाले आजदेखि सिमा नाकामा प्रहरी परिचालन गरेको छ । गाउँपालिकाले लालु र रुप्साको सिमानामा प्रहरी परिचालन गरेको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड (१९) को संक्रमणबाट आफ्ना नागरिकको सुरक्षाका लागि गाउँपालिकाले २ वटा मुख्य नाकामा प्रहरी परिचालन गरेको छ । गाउँमा कोरोनाभाईरस फैलिन नदिनका लागि २ वटा नाकामा १० जना प्रहरी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए ।
उनले अछाम र कालीकोटका मुख्य यी दुई नाकाबाट कोही आएमा क्वारेन्टाईनमा राखिने समेत जनाए । नरहरिनाथमा अछामबाट धेरै नागरिक आउने भएकाले यी दुई नाकामा कडाई गरिएको अध्यक्ष विष्टले बताए । उनले सरकारले गरेको लकडाउनलाई नरहरिनाथले पूर्ण रुपमा पालना गरेको जनाए । उनले कुनै पनि नागरिकले आवत जावत नगरिदिन अनुरोध समेत गरेका छन् । सोही शिलशिलामा नरहरिनाथ गाउँपालिकामा रहेका २ सय ८० जनालाई खाद्यन्न समेत वितरण गरेको अध्यक्ष विष्टले बताए ।