६ जेष्ठ २०८१, आईतवार

पत्रकारलाई किन भन्यौ भन्दै कुटपिट


कालीकोटः जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा नं. ६ मेहेलमुडीमा लकडाउन कार्यन्वयन गराउन खोज्दा कुटपीट भएको छ । कर्णाली प्रदेश सरकारको बजेटमा निर्माण भईरहेको पंचदेवल माध्यामिक बिद्यालयको भवन निर्माणको कामलाई रोकेर लकडाउनको कार्यन्वयन गराउन खोज्दा स्थानिय नागकिहरुमाथी कुटपीट भएको हो । पंचदेवल माविको भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रहेका खगेन्द्रबहादुर शाखी प्रख्यात, उनकी श्रीमति पंचदेवल माविका प्रधानाध्यापक जया देवकोटा शाही, नेत्र शाही, मनराज, शाही, धर्म शाही, अशोक शाही, कृष्ण शाही, हरी शाही लगायतका युवाहरुले नेकपा प्रदेशसभा ख सहसंयोजक पार्वती संज्याल, मात्रिका उपाध्याय, धनप्रसाद भट्टराई, सरीता संज्याल लगायतका व्यक्तिहरु माथि कुटपीट तथा दुव्यर्वहार गरेका हुन् ।


मुलुकमा रहेका तीनवटै सरकारले लकडाउनलाई कडाई गरेपनि सान्नीत्रिवेणी गाउँपालिकासंग जोडिएको पन्चदेव माध्यमिक विद्यालयको भवन र जनचेतना बहुमुखी क्याम्पसको भवन निर्माणमा झण्डै ६० जना मजदुरहरुले निरन्तर काम गरिरहेका छन् । दुवै भवन निर्माण उपभोक्ता समितिको अध्यक्ष खगेन्द्र शाही प्रख्यात हुन् । मंगलबार स्थानिय अगुवा नेकपाकी जिल्ला सदस्य पार्वति संज्याल, मात्रिका उपाध्याय लगायतका युवाहरुले निर्माण स्थलमा गएर काम रोक्न अनुरोध गरे । बुधबार त्यही अनुरोध गरेको बिषयलाई लिएर निर्माण समितिका अध्यक्ष खगेन्द्र शाहीले गाँउका युवाहरु ल्याएर काम बन्द गर्न अनुरोध गर्नेहरुको घरघरमा पुगेर कुटपीट तथा दुव्र्यवहार गरेको पीडित धनप्रसाद भट्टराईले बताए । उनले भने, मेरो घरमा आएर बिबाद गरिरहेका थिए । मैले मेरो घरमा किन बिबाद गर्छौ भने, उनीहरुले भवन निर्माणको काम बन्द गर भन्ने, लकडाउनमा काम भईरहेको भनेर पत्रकारलाई जानकारी दिने भनेर कुटे । उनले गाँउपालिकामा रहेको प्रहरी चौकीमा आफुलाई कुटपीट भएको भन्दै उजुरी पनि दिएका छन् ।
कुटपीटबाट उनको शरिरका बिभिन्न ठाँउमा घाउ समेत परेका छन् । गाँउपालिका अध्यक्ष डम्बरबहादुर शाहीकै आडमा खगेन्द्र्र शाहीले लकडाउनको उलंघन गरेको र आफुहरुले त्यसो नगर भन्दा उल्टै कुटपीट गरेको स्थानिय मात्रिका उपाध्यायले बताए । उनले भने, गाँउबाट आधा घण्टाको दुरीमा रहेको उजेलगाँउबाट युवाहरु ल्याएर कुटपीट गरे । लकडाउन उलंघन गरे भनेर पत्रकारलाई समेत सूचना दिने, काम रोक्न पुलिस लगाउने भनेर गाली गरे ।
उनले गाँउमा कोरोनाको त्रास बढिरहेका बेला लकडाउनको पालना गराँै भन्दा दुव्यवहार खेप्नु परेको बताए । उनले भने, गाँउपालिकाको साउण्ड सिस्टम नै बाहिर ल्याएर अब युद्धको सुरुवात भयो । उजेलगाँउबासी युवाहरु मैदानमा आउनुस भनेर माईकिङ समेत गरे । यस्तै नेकपाकी जिल्ला सदस्य पावर्ति सिंहले लकडाउनको कार्यन्वयन गराउन खोज्दा दादागिरी शैलीमा आफुहरु माथि हातपात गरेको बताईन् । उनले भनिन, पटक पटक बिद्यालयको भवन निर्माणको काम रोक्न पार्टीको तर्फबाट पनि निर्देशन दियौँ । तर मानेन् । विभिन्न पत्रपत्रिकामा समाचार पनि आयो । प्रहरीले निर्माण स्थलमै गएर काम रोक्यो । फेरी मंगलबारबाट काम सुरु भयो । त्यसपछि हामी काम बन्द गर्न अनुरोध गर्न गयौँ । आज उनीहरुले गाँउमा आएर आफुहरु बिरुद्ध दुरव्यवहार गरे ।
यता भवन निर्माण समितिका अध्यक्ष खगेन्द्र शाहीले आफुहरुले निर्माणको काम बन्द गरेको जानकारी दिए । उनले आफुहरुलाई गालीबेईज्यती गर्न आएपछि आफ्ना भाईहरुले सामान्य बिबाद मात्र भएको बताए । उनले आफुहरुले कसैलाई पनि कुटपीट नगरेको बताए । यस्तै उनकी श्रीमति तथा पंचदेवल माविकी प्रअ जया देवकोटा शाहीले पार्वति सिंहको नेतृत्वमा उल्टै आफुहरु बिरुद्ध लडाई गर्न आएको आरोप लगाईन् । उनले सुरुमा पार्वति सिंहले आफ्नो देवर अशोक शाहीको मुखमा थुक्दा बिबाद भएको बताईन् । उनले उनका मान्छेहरु राती राती हतियार ल्याएर आउने गरेको बताईन् । गाँउपालिका अध्यक्ष डम्बरबहादुर शाहीले व्यक्तिगत झगडालाई गाँउपालिकासँग जोडेको बताए । उनले व्यक्तिगत बिबादलाई व्यक्तिगत रुपमै समाधान गर्नुपर्ने बताए । उनले लकडाउनको पुर्ण पालना गर्न निर्माणको काम बन्द गर्न लगाईसकेको जानकारी दिए ।