५ जेष्ठ २०८१, शनिबार

बेङलोरमा राहत वितरण


कालीकोटः  नेपाली जन सम्पर्क समिति दक्षिण भारतले बेङलोरमा राहत वितरण गरेको छ । भारतको दक्षिण क्षेत्रमा रहेका नेपालीहरु समस्यामा परेपछि नेपाली जनसम्पर्क समितिले राहत प्रदान गरेको हो ।
रोजगारीका शिलशिलामा भारतको बेङलोरमा रहेका नेपालीहरु अलपत्र परेपछि नेपाली जनसम्पर्क समितिले सहयोग गरेको थियो । विश्वभरी फैलिएको कोरोना भाईरस कोभिड (१९) ले पुरा भारतमा लकडाउन गरिएपछि कामको शिलशिलामा बेङलोरमा गएका नेपालीहरु अलपत्र परेका थिए । भारतमा विभिन्न कलकारखाना, होटललगायतका क्षेत्रमा काम बन्द भएपछि नेपालीहरु समस्यामा परेका हुन् । समस्यमा परेका नेपालीहरुको खोजि गर्दै नेपाली जनसम्पर्क समिति भारतले राहत स्वरुप चामल, दाल, नुनु, चिनी, तेल सहित केही नगद पनि सहयोग गरेको छ ।
नेपाली जन सम्पर्क समितिका महासचिव बिमलराज बिष्टको पहल वेलुन्दुर शाखाका अध्यक्ष दिवश शाहिको नेतृत्वमा राहत सहयोग गरेको महासचिव बिमलराज विष्टले बताए । उनले भने नेपाली दुतावासमा आफुहरुले पटक पटक खवर गर्दा पनि केही सहयोग गर्न नसकिने बताएपछि कामको शिलशिलामा भारतमा आएका केही व्यक्तिहरुको सहयोगमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई सहयोग गरेका हौँ ।
भारतमा अहिलेसम्म ८ जना नेपालीमा कोरोना भाईरसको संक्रमण देखिएकाले उपचारका लागि समेत समस्या भएको विष्टले बताए । उनले भने अहिलेसम्म जेनतेन हेरीरहेका र्छौ सहयोगका लागि विभिन्न निकाएसंग पहल पनि गरेका र्छौ । उनका अनुसार अछाम घर भई हाल भारतमा बस्र्दै आएका एक परिवारका ६ जनामा कोरोना संक्रमण देखिएको छ ।