२३ बैशाख २०८१, आईतवार

लकडाउनलाई पालना गराउन सडकमा बार


कालीकोटः कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथामका लागि सरकारले गरेको लकडाउनलाई सफल बनाउन स्थानिय युवाहरु सक्रिय रुपमा लागेको छन् ।
जिल्लाको रासकोट नगरपालिका वडा नं. ४ का युवाहरुले लकडाउनको पुर्ण पालना गराउनका लागि सडकमा काँडाको बार लगाएर स्थानिय युवाहरु लकडाउन पालना गराउन सक्रिय भएका हुन् । गाँउमा लकडाउन निकै फितलो भयो । रास्कोट नगरपालिकाको वडा नं. ४ मा आसपासका क्षेत्रहरुबाट दैनिक रुपमा मानविय चहलपहल घटेन् । स्थानिय युवा भिमबहादुर शाहीले भने, सरकारले कोरोनाको संक्रमण रोकथामका लागि लकडाउनको घोषणा गरेर घरभित्रै बस्न भनेको छ । तर हाम्रो गाँउमा त्यसको पालना भएन । हामी गाँउका युवाहरुले लकडाउनको पुर्ण पालना गराउनका लागि मुख्य बाटोमा काठ र कांडाको झारले बार लगाएका छौँ । गाँउमा हुने अनावश्यक चहलपहललाई रोकेका छौँ । उनले भने, लकडाउनलाई बजार केन्द्रीत गरियो । गाँउमा फितलो भयो । जनप्रतिनिधिहरुले धेरै चासो दिएनन् । त्यसैले स्थानिय युववाहरुको सक्रियतामा सरकारकोे निर्णयलाई साथ दिदै गाँउमा बाहिरबाट आउने व्यक्तिहरुलाई काँडाको बारले रोक लगाएका छौँ ।
उनीहरुले गाउँ प्रवेश गर्ने बाटो, सडकमा काठ र कांडाको बार लगाएर तगारो हालेका छन् । लकडाउनमा पनि अटेर गरी गाउँमा बाहिरबाट अपरिचित व्यक्तिहरु आउने गरेको भन्दै युवाहरुले गाउँ प्रवेश गर्ने मुल बाटोमै तगारो हालेका हुन् । युवाले रास्कोटल नगरपालिका वडा नं. ४ बसन्तपुरको टोलबाट तलमाथी जाने बाटो पुर्ण रुपमा ठप्प गरेका छन् । विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट बच्न र बचाउन आवतजावतमा रोक लगाउन बाटोमै तगारो राखेको उनीहरुको भनाइ छ । गाँउका भद्र भलाधमी, स्थानिय जनप्रतिनिधिकै रोहवरमा सल्लाह गरी गाँउमा आउउने बाटो बन्द गरिएको हो ।