भाईको जन्मदिनमा दाईको आखाबाट आशु बररररर


कालीकोटः नेपाल तरुण दल जिल्ला कार्य समिति कालीकोटका सचिव एवं पृथ्वी रत्तदान विर फाउन्डेशनका सचिव दमनराज शाहीले आफनो जन्मदिनमा खर्चिन रकमबाट जिल्लाको खाडाचक्र नगरपालिका–६ मा रहेका अति विपन्न परिवारका विचमा मनाएका छन् ।
उनले आफ्नै वडामा रहेका अति विपन्न परिवारलाई खाद्यन्न वितरण गरि आफ्नो २९ र्औ जन्मदिन विपन्न परिवारका विचमा मनाएका हुन् । विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि सरकारले गरेको लकडाउनले गर्दा दैनिक ज्याला मजदुरी गरेर आफ्नो जीवीकोपार्ज गरिरहेको नागरिक, वडाका विपन्न, असाय र एकल महिलाहरुले भोक भोकै गुहार माग्न नपरोस् भन्दै आफ्नो जन्म दिनमा हुने फजुल खर्च कटाई खाद्यन्न सहयोग गरेका हुन् ।
तरुण नेता शाहीले जन्मदिन मनाउनका लागि ठुला ठुला होटल रिर्जव गर्नुभन्दा आफ्ना वडाका असाय गरिव परिवारको घाउमा आफुले महलम पट्टी लगाउने काम गरेको बताए । उनले भने ‘म संग धेरै पैसा भएर कता फालु भनेर सहयोग गरेको होइन आफ्नो परिवारसंग पहिलेदेखि नै राजनीतिक संस्कार भएकाले आफ्ना वडाका विपन्न नागरिकको आशु देख्न सकिन ।’
तरुण नेता शाहीले आफ्नो जन्मदिनका अवसरमा आफ्नो वडामा रहेका ४५ घरधुरीलाई चामल, एक पोका नुन र एक पोका तेल वितरण गरेका छन् । करिव १ लाख बराबरको खाद्ययन्न वडाका विपन्न घरपरिवारलाई वितरण गरेका हुन् । उनले आफ्नो सानो सहयोगले राज्यका अन्य निकायहरुलाई सन्देश र खवरदारी गराउन खाद्यन्न वितरण गरेको बताए । उनले आफ्नो जन्मदिनमा विपन्नलाई खाद्ययन्न वितरण गरिरहदा उनका दाजु खड्जंग शाहीका आँखाका आसु भने रोकिएका थिएनन् । आफ्नो भाईले २८ र्औ बसन्त सहजरुपमा पार गरि समाजमा रहेका विपन्न परिवारलाई खाद्यन्न वितरण गर्दा विगतका पल सम्झेर आफ्ना आँखाका आशु नथामिएको खड्गजंग शाहीले बताए । उनले भने, ‘सानैमा बुवाको निधन भयो, धेरै दुख कष्ट गरि भाईहरुलाई पढाए लेखाए आफ्नो भविष्यभन्दा पनि भाईको भविष्यको चिन्ता गरे आज भाईले सामाजमा महान काम गरेर देखाइदिए यी मेरा दुखका आसु होइन हर्षका आँसु हुन् ।’
यत्ति सहयोगले विपन्न परिवारको चुलोमा आगो त बल्दैन तर अन्य निकायले यस्ता विपन्न परिवारका लागि राहतको व्यवस्था गर्न सन्देश दिनका लागि आफुले विपन्न परीवारलाई सहयोग गरेका शाहीले बताए । शाहीले वितरण गरेको चामल लिदै खाडाचक्र नगरपालिका–६ कि जौला विकले तरुण नेता शाहीको सहयोगले आफ्ना छोराछोरीलाई खाना खुवाउन सकिने भएकाले खुसी भएको बताइन् । उनले भनिन् ‘कमाएर खुवाउनका लागि घरमा कमाउने कोही छैन, ज्याला मजदुरी गरेर छोराछोरीको दैनिक गुजारा टारीरहेको थिए लकडाउनले समस्या भएको थियो अहिले दमन शाहीले चामल दिदा सुन पाए बराबर लागेको छ । यस्तो सहयोग जुगौ जुग हुदै जावस ।’
उनीमात्र होइन खाद्यन्न पाउने ४५ घरधुरीले दमनराज शाहीलेको लामो आयुको कामना गरेका छन् । उनीहरुले यस्तो सहयोग सदैव पाउनेमा आशा पनि राखेका छन् ।
कर्णालीपाटी । ३० चैत्र २०७६, आईतवार १९:०५